बेइजिङ । चीनमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारमा जनाइएको छ ।
मङ्गलबार मात्र यहाँका स्थानीयस्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
साथै यहाँ मङ्गलबार मात्र एक हजार नौ सय जना सङ्क्रमित उपचाररत स्वास्थ्य संस्थाबाट निको भएर घर फर्र्किएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जानकारी दिएको छ ।
सो आयोगले बुधबार चीनमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको जनाएको छ । तर यहाँ स्थानीयस्तरमा नै कोरोना सङ्क्रमित भने घट्न नसकेको बताइएको छ । (रासस\सिन्ह्वा)
वि.सं.२०७९ पुस ६ बुधवार १९:३८ मा प्रकाशित





























