back
CTIZAN AD

जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा

वि.सं.२०७९ पुस ६ बुधवार

735 

shares

जापान (टोकियो) । जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ ।

मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले घटेर छ लाख ६९ हजार ८७१ मा झरेको छ । गत वर्ष आठ लाख ११ हजार ६०४ नवजात शिशुको वार्षिक सङ्ख्या सात लाख ७० हजार पुग्ने अनुमान गरिएको छ ।

सन् १८९९ मा जापान सरकारले जन्मको तथ्याङ्क सङ्कलन सुरु गरेयता पहिलो पटक यो सङ्ख्या आठ लाखभन्दा तल झरेको छ ।

सरकारले अनुमान गरेभन्दा छिटो जन्मदर घटिरहेको जापानी अधिकारीले जनाएका छन् । जापानको ‘नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसल सेक्युरिटी रिसर्चले सन् २०१७ मा सन् २०२२ मा कूल जन्मदर आठ लाख ५० हजार र सन् २०३० मा आठ लाखभन्दा तल झर्ने प्रक्षेपण गरेको थियो ।

जापानको बढ्दो उमेरको समाजमा घट्दो जन्मदरले पेन्सन र वृद्धवृद्धाका लागि चिकित्सा सेवाजस्ता सरकारी सामाजिक सुरक्षा कार्यक्रमको भविष्यको वित्त पोषणका लागि खतरा उत्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ पुस ६ बुधवार १९:४१ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...