back
CTIZAN AD

युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिकामा, समकक्षी वाइडेनसँग भेटवार्ता गदैै

वि.सं.२०७९ पुस ६ बुधवार

990 

shares

वासिङ्टन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गर्ने भएका छन् । साथै उनले वासिङ्टनमा अमेरिकी काङ्ग्रेस (संसद)लाई सम्बोधन गरी युक्रेन युद्ध र आगामी योजनाबारे सांसदलाई जानकारी गराउने वासिङ्टन स्रोतले जनाएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धको हालसम्मको भयावह परिणामको समीक्षा गर्न र अर्को वर्षका लागि लक्ष्य तय गर्न आफ्ना उच्च सैन्य अधिकारीलाई भेट्ने योजना बनाएकै दिन गोप्यरूपमा तय गरिएको यो भ्रमण हुन लागेको हो ।

जेलेन्स्कीले बुधबार ट्वीटरमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेखेका छन्, “युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदैछु ।”

ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले जारी गरेको विज्ञप्तिमा पनि भ्रमणबारे उल्लेख गर्दै भनिएको छ, “यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउनेछ ।

गत फेब्रुअरीमा रूसी सेनाले युक्रेनको कीभ र देशको अधिकांश भूभाग कब्जा गर्ने योजना बनाएपछि जेलेन्स्कीको युक्रेनबाहिरको यो पहिलो भ्रमण हुनेछ ।

राष्ट्रपति जेलेन्स्कीको वासिङ्टन भ्रमण रूस–युक्रेन युद्धको ३००औँ दिनमा भएको छ । रूसी सेनालाई पश्चिमा मुलुकद्वारा सहयोग गरिएको हतियार र समर्थनमा युक्रेनी सेनाले यस पहिले कब्जा गरिएको क्षेत्रबाट पछि हट्न बाध्य परिरहेको छ । युक्रेनले रूससँग थप असफलताबाट बच्न सङ्घर्ष गरिरहेको छ ।

जेलेन्स्कीको भ्रमणमा बाइडेनले करिब दुई अर्ब अमेरिकी डलर बराबरको नयाँ हतियार प्याकेजको घोषणा गर्नेछन्, जसमा प्याट्रियट एयर डिफेन्स मिसाइल पनि समावेश छ ।

प्याट्रियट क्षेप्यास्त्रलाई रूसको दण्डात्मक क्षेप्यास्त्र र उसको पूर्वाधारमा ड्रोन आक्रमण रोक्न कीभलाई मद्दत गर्न महत्वपूर्ण मानिएको छ ।

त्यसपछि जेलेन्स्कीले अमेरिकी काङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ‘प्रजातन्त्रका लागि निकै विशेषरूपमा ध्यान केन्द्रित’ हुने बताएकी छन् ।

डिसेम्बर ११ मा बाइडेन र जेलेन्स्कीबीच भएको फोन वार्ता, एक हप्ताअघि औपचारिक निमन्त्रणा आइतबार भ्रमणको पुष्टि भएपछि भ्रमणको योजना गोप्यरूपमा तय गरिएको थियो ।

जेलेन्स्कीको यात्रालाई लिएर सुरक्षा चिन्ता कायमै रहेको भन्दै अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई अनुरोध गरेपछि भ्रमणको विस्तृत विवरण मङ्गलबार अपराह्न सार्वजनिक भएको थियो ।

ह्वाइट हाउसको वार्तामा बाइडन र जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र सहयोगीहरूले प्रदान गर्ने हतियारका साथै प्रशिक्षण, रूसमाथि प्रतिबन्ध, अन्य दबाब, युक्रेनलाई आवश्यक पर्ने आर्थिक र मानवीय सहायताबारे छलफल गर्ने ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले बताएका छन् ।

“उनीहरूले यस द्वन्द्वका हरेक पक्षबारे छलफल गर्नेछन्, जसमा युद्धभूमिको अवस्था र यसपछिका सम्भावित युद्धस्थलबारे पनि छलफल हुने कार्यक्रममा समावेश गरिएको छ,” उनले भनेका छन् । यो भ्रमणले पुटिनलाई ह्वाइट हाउस, वासिङ्टन, स्वतन्त्र विश्व, युक्रेनलाई समर्थन गर्ने सबै राष्ट्रका तर्फबाट एकता र सङ्कल्पको बलियो सन्देश दिन उनले बताए ।

यसमा पुटिनसँग वार्ताका लागि जेलेन्स्कीलाई दबाब दिइने वा नदिइने बिषयबारे केही समावेश गरिएको छैन ।

जेलेन्स्कीले युक्रेनको डोनेट्स्क ओब्लास्टस्थित बाख्मुतको अग्रपङ्तीको जोखिमपूर्ण भ्रमणपछि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । बख्मुत क्षेत्रमा रूस र युुक्रेन दुवै पक्षले विगत दुई महिनादेखि लगातार गोलीबारी गरिरहेको र यसबाट दुवैतर्फ ठूलो क्षति भएको छ ।

कुनै समय अङ्गुर र नुनखानीका लागि चिनिने बाख्मुतको वरपर गोलाबारी बर्सिँदा शहर र यसको वरपरको ठूलो भागमा क्षति पुगेको छ ।

बाख्मुत भ्रमणमा जेलेन्स्कीले युक्रेनी लडाकुलाई हौसला दिँदै भनेका थिए, “यहाँ (डोनबास) बाट तपाईं सम्पूर्ण युक्रेनको रक्षा गरिरहनुभएको छ ।”

“यो युद्धपूर्वको सामान्य बाख्मुत मात्र होइन, यो अब युक्रेनी सेनाको किल्ला पनि हो,” युक्रेनका सैनिकहरूलाई सम्मान प्रदान गर्दै उनले भने ।

सैनिकहरूले जेलेन्स्कीलाई उनीहरूको हस्ताक्षर गरिएको युक्रेनी झण्डा दिँदै यसलाई बाइडेन र अमेरिकी काङ्ग्रेसमा प्रस्तुत गर्न आग्रह गरिएको थियो ।

उनीहरूले आफुलाई भनेको कुरा सुनाउँदै जेलेन्स्कीले भने, “हामीसँग कठिन परिस्थिति छ, शत्रु (रूस)ले आफ्नो सङ्ख्या बढाइरहेको छ । हाम्रा लडाकू साहसी छन् तर हामीलाई थप हतियार चाहिएको छ ।”(रासस/सिन्ह्वा)

वि.सं.२०७९ पुस ६ बुधवार १९:५२ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...