back
CTIZAN AD

तालिबान सरकारले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध गरेकामा दुःख व्यक्त

वि.सं.२०७९ पुस ६ बुधवार

660 

shares

संयुक्त राष्ट्रसङ्घ । तालिबान सरकारले यहाँका महिला तथा किशोरीलाई विद्यालय विश्वविद्यालय जान प्रतिबन्ध गरेको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले बताएका छन् ।

अफगानिस्तानका लागि एक संयुक्त राष्ट्रसङ्घीय उच्च अधिकारीले सो कुरा बताएका हुन् । उनले भनेका छन्, अफगानिस्तानको तालिबान सरकारको यो निर्णयले मलाई दुःख लागेको छ, म स्तब्ध भएको छु । आज सो समाचार देशव्यापीरुपमा प्रचारमा ल्याइएको छ ।

तालिबानले अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट रोकेको घटनाको म विरोध गर्दछु ।

अफगानिस्तानमा लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले एक विज्ञप्तिमा सो कुरा बताएकी छन् ।

उनले यस्तो निर्णय अफगानिस्तानका उच्च शिक्षासम्बन्धी मन्त्रीले हालै गरेको भनी गरिएको प्रचारले अफगानिस्तानका सबै महिला बेखुस भएका पनि बताएकी छन् ।

उनले यस्तो निर्णय अफगानिस्तान देशको हितमा पनि नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै नै दुःखद भएको धारणा राखेकी छन् ।

दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरुलाई धेरै सार्वजनिकस्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरु विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ ।

तालिबानले यहाँका महिला अधिकारको हनन् गरिरहेकाले संयुक्त राष्ट्रसङ्घीयसभा तथा बैठकमा यस्ता विषयमा कुरा उठ्ने गरेको पनि उनले बताएकी छन् ।

यस निर्णयका बारेमा संयुक्त राष्ट्रसङ्घले थप स्पष्ट जानकारीको खोजी गरिरहेको भन्दै आगामी दिनमा यस्ता निर्णय फिर्ता लिनका लागि आफूले पहल गर्न पनि उनले बताएकी छन् । (रासस÷सिन्ह्वा)

वि.सं.२०७९ पुस ६ बुधवार १९:३६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...