अमेरिका । अमेरिकाका विभिन्न शहरमा परेको भारी हिमपातका काण २२०० उडान रद्द भएका छन् ।
अत्यधिक चिसो बढ्दै गएको तथा हिमपात हुने क्रम जारी रहेपछि देशका १२ राज्यमा आपतकालीन अवस्थाको घोषण समेत गरिएको छ । एबिसीन्यूजका अनुसार देशका केही भागमा ३० वर्षभन्दा बढी समययताकै चिसो हावा चल्ने बताइएको छ ।
बिहीबार साँझसम्म अमेरिकामा २,२०० भन्दा बढी उडानहरू रद्द भएका छन् । शिकागो र डेनभरलेमा सबैभन्दा धेरै रद्द भएका हुन् । अमेरिकाको दुवै उत्तर तथा दक्षिण डकोटा, मिनियापोलिस, डे मोइन, ग्रान्ड र्यापिड्स र बफेलोमा भारी हिमपातको चेतावनी दिइएको छ ।
यी राज्यमा आपतकालिन घोषणा
आपतकालीन अवस्थाको घोषणा गर्ने राज्यहरुमा कोलोराडो, कनेक्टिकट, जर्जिया, मेरिल्याण्ड, उत्तर क्यारोलाइना, न्युयोर्क, ओक्लाहोमा, टेक्सस, वेस्ट भर्जिनिया, विस्कनसिन लगायत रहेका छन् । फिलाडेल्फियामा खराब मौसमका कारण शुक्रबार विद्यालयहरू बन्द हुने बताइएको छ ।
मध्यपश्चिमका धेरैजसो क्षेत्रमा केही इन्च मात्र हिउँपर्ने अनुमान गरिए पनि हिउँ, हावा र चिसोको संयोजनले यात्रालाई निकै जोखिमपूर्ण बनाएको छ । मिशिगनमा सबैभन्दा ज्यादा हिँउ पर्ने र केहि क्षेत्रमा १ फिट सम्म हिमपात हुनेछ ।
इलिनोइस राज्य प्रहरीले मानिसहरूलाई घरमै बस्न आग्रह गरेको छ ।
वाशिंगटन, डी.सी., फिलाडेल्फिया, अल्बानी, न्यूयोर्क, र पोर्टल्याण्ड, मेनमा बाढीको निगरानी जारी गरिएको छ । जहाँ केही क्षेत्रहरूमा छोटो अवधिमा २ देखि ४ इन्च वर्षा हुनसक्ने मौशमविद्हरुले जनाएका छन् ।
सबैभन्दा ज्यादा हावा शुक्रबार बिहान उत्तरपूर्वीमा आइपुग्ने सिएनएनले जनाएको छ । तीव्र हावाले व्यापक बिजुली जाने तथा विमानस्थलमा ढिलो हुनसक्ने सम्भावना रहेको बताईएको छ ।
वि.सं.२०७९ पुस ८ शुक्रवार ०८:५२ मा प्रकाशित






























