back
CTIZAN AD

सत्ता गठबन्धनको निर्णायक बैठक बालुवाटारमा, होला त सहमति ?

वि.सं.२०७९ पुस १० आइतवार

768 

shares

काठमाडौं । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको निर्णायक बैठक सुरु भएको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल पछि गठबन्धनको निर्णायक बैठक सुरु भएको हो ।

बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउनेछ । साथै, महत्वपूर्णं निकायहरु कसले लिने भन्ने पनि टुंग्याउनेछ ।
यसअघि शनिबार साँझ पनि दलहरु निर्णायक बैठक भनि छलफलमा जुटेका थिए । तर, शनिबार साँझको बैठक निष्कर्षबिहीन बनेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहित सरकार गठनको लागि दिएको समयसीमा आज अपरान्ह ५ बजे सकिने भएको कारण दलहरु निर्णयमा पुग्ने कसरतमा छन् । यदि निर्णयमा पुग्न नसके राष्ट्रपतिले ठूलो दलको नेतालाई सरकार गठनका लागि आव्हान गर्नुपर्ने हुन्छ ।

कांग्रेसले सहमति नभए ठूलो दलको हैसियतमा प्रधानमन्त्रीको दाबी गर्नसक्छ । जसको लागि कांग्रेसभित्र छलफल पनि चलेको छ ।

यदि सहमति नभए सत्ता गठबन्धन नै भंग हुने अर्को गठबन्धनको निर्माण हुने पनि सम्भावना छ । योबीचमा दलहरुबीच बेग्ला–बेग्लै छलफल पनि चलिरहेको छ ।

बालुवाटारको निर्णायक बैठक निष्कर्षबिहीन बने दलहरुबीच अर्को समिकरणको खेल सुरु हुनेछ ।

वि.सं.२०७९ पुस १० आइतवार ११:४३ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...