back
CTIZAN AD

नेपाल टी–ट्वान्टी : विराटनगरलाई पराजित गदै लुम्बिनी अल स्टार विजयी

वि.सं.२०७९ पुस १० आइतवार

732 

shares

काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी विराटनगरलाई दुई रनले पराजित गदै विजयी भएको हो ।

लुम्बिनीले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५५ रनमा समेटियो । विराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए भने रोहितकुमार पौडेलले २५ रन बनाए । त्यस्तै सिकन्दर राजाले १७, अर्जुन साउदले १० तथा पृथु बाँस्कोटाले १८ रन बनाए ।

यता लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिए भने सागर ढकाल, गुलसन झा, दीपेन्द्रसिहं ऐरी र प्याट ब्रोनले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियोे ।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ८० रनको योगदन दिए । उनले ६३ बलमा पाँच चौका र चार छक्काको सहयोगमा अविजित ८० रन बनाएका हुन् । यस्तै कुशल भुर्तेलले २६ रन बनाए भने कप्तान दीपेन्द्रसिहं ऐरीले १६ रन बनाए । विपुल शर्मा ११ र अनिल शाह छ रनमा आउट भए ।

यता विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान एक÷एक विकेट लिए । यस जितसँगै लुम्बिनीको चार अङ्क जोडिएको छ । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । तेस्तै तेस्रो हुनले रु १० लाख तथा चौँंथोले रु पाँच लाख पाउने छ । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहेको छ ।

वि.सं.२०७९ पुस १० आइतवार १४:१५ मा प्रकाशित

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको...