back
CTIZAN AD

बौरियो सेयर बजार, लगानीकर्ता उत्साहित हुँदा थुप्रै कम्पनीका मूल्यमा सर्किट

वि.सं.२०७९ पुस १२ मंगलवार

774 

shares

काठमाडौं । नयाँ सरकार बनेसँगै सेयर बजारमा निरन्तर उछाल देखिएको छ । कारोबार पहिलो दिन ५६.८६ अंकले बढेको बजार मंगलबार पनि उसैगरि बढेको छ । समाचार तयार पार्दासम्म सेयर बजारमा ५२ अंकको बृद्धि भएको छ ।

लामो समयदेखि १८ सय को हाराहारीमा रहेको सेयर बजार दुई हजारको नजिक पुगेको छ । ५२ अंकको बृद्धि हुँदा १९७७ अंकमा छ । मंगलबार २ हजारसम्म पुग्नसक्ने पनि सम्भावना छ ।

मंगलबार कारोेबार रकम पनि ह्वात्तै बढेको छ । सोमबार दुई अर्ब ९ करोड ७० लाखभन्दा बढीको कारोबार भएको बजारमा हालसम्म नै दुई अर्ब बढीको कारोबार भएको छ ।

आज आधा दर्जन कम्पनीको सेयरमा सर्किट लागेको छ । दोस्रो बजारमा निरन्तर निकै कमजोर बनेको निफ्राको पनि मूल्यमा ८ प्रतिशतभन्दा बढीको बढोत्तरी छ ।

नयाँ सरकार बन्नु र अर्थमन्त्रीमा पुराना अनुभवी विष्णु पौडेलको आगमन हुनुले निजी क्षेत्र उत्साहित देखिन्छ । जसको प्रभाव सेयर बजारमा परेको धेरैको बुझाई छ ।

वि.सं.२०७९ पुस १२ मंगलवार १३:२५ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...