back
CTIZAN AD

चीनमा दुईसय सवारी साधन एकैपटक दुर्घटना, एकको मृत्यु

वि.सं.२०७९ पुस १३ बुधवार

672 

shares

बेइजिङ । चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको बताइएको छ ।

सडकदेखि माथि आकाशबाट लिइएको तस्वीरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटनाग्रस्त सयौँ यात्रुवाहक कार, भ्यान र लरीहरू राजमार्गको एक भागमा थुप्रिएको देखिएको छ ।

अनलाइनमा पोस्ट गरिएका अन्य भिडियोमा केही सवारी साधन दुर्घटनाका कारण टुक्रा टुक्रा भएको पनि देखिएको छ ।

हेनान प्रान्तको झेङझोउ शहर नजिकै बाक्लो कुहिरोले कमजोर दृश्य भएका कारण दुर्घटना भएको र कम्तीमा २०० वटा सवारी साधन दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

“बुधबार बिहान झेङझोउको पहेँलो नदीको पुलमा अचानक कुहिरो लागेको थियो, जसका कारण धेरै सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको थियो,” झेङझोउका अधिकारीलाई उद्धृत गर्दै सीसीटीभीले भनेको छ ।

“दुर्घटना लगत्तै आपतकालिन उद्धार कार्यहरु गरिएका छ भने दुर्घटना स्थललाई सामान्य यातायात सुचारु गर्नका लागि खाली गराइँदै छ,” रिपोर्टमा भनिएको छ।

चीनमा कडा यातायात सुरक्षा नियम, कमजोर सडक संरचना साथै चालकको लापर्बाहीका कारण सडक दुर्घटानाबाट बर्षेनी हजारौँ नागरिकको अकालमा ज्यान जाने वा अगभङ्ग हुने गर्छ । गत सेप्टेम्बरमा दक्षिणपश्चिमी गुइझोउ प्रान्तको क्वारेन्टिनमा जाँदै गरेको बस राजमार्गमा पल्टिँदा २७ जना यात्रुको मृत्यु भएको थियो । (रासस\एएफपी)

 

 

वि.सं.२०७९ पुस १३ बुधवार १९:३७ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...