back
CTIZAN AD

म्याग्दीका स्थानीयतहले थाले अर्ग्यानिक कृषि उत्पादन अभियान

वि.सं.२०७९ पुस १४ बिहीवार

669 

shares

गलेश्वर । म्याग्दीका स्थानीय तहले अर्ग्यानिक खेतीमा जोड दिएका छन् । रासायनिक मलको बढ्दो प्रयोगले खेतबारीको माटोमा अम्लीयपना बढ्दै जाँदा उत्पादन घट्न थालेपछि यहाँका किसानले प्राङ्गारिक मल र रैथाने बिउबिजनको प्रयोगमा जोड दिन थालेका हुन् ।

किसानको यो अभियानलाई यहाँका स्थानीय तहले पनि सघाउने भएका छन् । जिल्लाको मङ्गला गाउँपालिकाले मानव मूत्रको प्रयोग गरी फलफूल, तरकारी र खाद्यान्न उत्पादन गर्ने किसानलाई प्रोत्साहित र पुरस्कृत गर्ने गरेको छ ।

रासायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेका बेला मङ्गलाले अर्ग्यानिक कृषि उत्पादन गाउँपालिका बनाउन पहल गरिएको हो ।

गाउँपालिका र स्थानीय किसानको संयुक्त पहलमा मङ्गलालाई अर्ग्यानिक कृषि उत्पादन गाउँपालिका बनाउन अभियान सुरु गरेपछि किसान पनि उत्साहित भएका कृषि प्राविधिक जगत बानियाँले बताए ।

गाउँपालिकाले प्राङगारिक गुणस्तर निर्धारण प्रणाली प्रवद्र्धन कार्यविधि बनाएर काम गरिरहेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

त्यसैगरी जिल्लाका अन्य पालिकामा पनि प्राङ्गारिक खेती प्रणालीतर्फ किसान आकर्षित हुन थालेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । यसलाई सहज गराउन कृषि ज्ञान केन्द्र म्याग्दीले पनि सहजीकरण गरिरहेका कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए ।

किसानले स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाईभैँसीको मूत्र, मानव र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्दै आएका छन् । उनीहरुले तितेपाती, असुरो, खरानी, गाईभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोगकीरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने कामसमेत गर्न थालेका छन् ।

प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गर्दा प्रति इकाई भूमिबाट अधिक उत्पादन हुनुको साथै पर्यावरण वातावरण सन्तुलन राख्न सहयोग पुग्ने कृषि विज्ञको तर्क छ ।

वि.सं.२०७९ पुस १४ बिहीवार १५:५४ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन । बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...