back
CTIZAN AD

युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ६३ रूसी सैनिकको मृत्यु : मस्को

वि.सं.२०७९ पुस १८ सोमवार

711 

shares

मस्को । पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।

युक्रेनको सेनाले आक्रमणको दाबी नगरी मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा भएको आक्रमणमा परी कैयौँ रूसी सेैनिकको मृत्यु भएको जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एउटा अस्थायी शिविरमा उच्च विष्फोटक हतियारले भरिएको चार वटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको छ ।”

रूसी रक्षा मन्त्रालयले भनेको छ, “मृतक सैनिकका आफन्त र प्रियजनलाई आवश्यक सबै सहयोग गराइनेछ ।”

युक्रेनको रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर युक्रेनी सेनाले नयाँ वर्षको शुरूमा रूसी सेनाको खतरा बढिरहेका बेला आक्रमण गरेको अनुमान गरिएको छ ।

यो वक्तव्य युक्रेनमा रूसी क्षतिको अत्यन्त दुर्लभ घोषणा हो ।

क्रेमलिनका आलोचकहरूले रूसी अधिकारीहरूले युक्रेनको युद्धभूमिमा भएको क्षतिलाई कम महत्व दिएको आरोप लगाएका छन् ।

रूसी सैन्य ब्लगरहरूले माकिभकामा भएको आक्रमणका कारण सयौं सैनिकको मृत्यु भएको हुनसक्ने बताएका छन् ।

रूसका पूर्व पृथकतावादी नेता इगोर स्ट्रेलकोभले जनवरी १ (डिसेम्बर ३१ मा स्थानीय समयअनुसार २३ः०० बजे) राति १ बजेतिर आक्रमणबारे आफूले रिपोर्ट प्राप्त गरेको बताएका छन् ।

उनले सयौंको मृत्यु भएको र घाइते भएको बताउँदै युक्रेनी सेनाले रूसी सेना राखिएको स्थानमा आक्रमण गरेको बताए । (रासस/सिन्ह्वा)

 

वि.सं.२०७९ पुस १८ सोमवार २०:१९ मा प्रकाशित

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...