back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे अध्यक्ष नेपाल

वि.सं.२०७९ पुस २० बुधवार

990 

shares

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न सिंहदरबार पुगेका छन् ।

नेकपा एसको चारदिन लामो स्थायी समिति तथा पोलिव्युरो बैठकले प्रचण्ड नेतृत्वको सरकारमा जाने.नजाने भन्ने विषयमा निर्णय गर्न नसकिरहेका बेला अध्यक्ष नेपाल प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका हुन् ।

उक्त भेटमा सातदलीय सरकारलाई समर्थन गर्ने विषयमा कुरा हुन सक्ने स्रोतले जनाएको छ ।

तत्कालीन सत्ता गठबन्धन तोडेर नेकपा एमालेसहित ७ दल र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु्हरुसँग कुनै सल्लाह नगरी एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेको गुनासो अध्यक्ष नेपालले गर्दै आएका थिए । यद्यपी प्रधानमन्त्री प्रचण्डले नेपालसँगको यसअघिको भेटमा सरकारमा समर्थनका लागि गरेको आग्रहमा नेपालले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

साथै सोमबादेखि सुरु भएको पोलिटव्युरो बैठकमा पनि आफुहरुलाई सरकारमा जाने औपचारिक प्रस्ताव नआएकाले के गर्ने भन्ने विषयमा छलफल नभएको नेपालले बुधबार युवासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बताएका थिए । उक्त कार्यक्रममा अध्यक्ष नेपालले प्रचण्डको अनुहार मात्र हेरेर सरकारमा जान नसकिने बताएको केही क्षेणमै उनी प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन् ।

वि.सं.२०७९ पुस २० बुधवार १५:२६ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...