back
CTIZAN AD

कर्णाली र प्रदेश १ बाहेकमा सरकार बनाउन सकस

वि.सं.२०७९ पुस २० बुधवार

828 

shares

काठमाडाैं । सत्ता गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्र मिल्दा कर्णाली र प्रदेश १ सहजै बहुमतको सरकार बन्छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादीका १३ र एमालेका १० सांसद छन् । दुई दल मिल्दा बहुमतभन्दा बढी २३ सदस्य पुग्छन् । जहाँ सरकार गठन सहजै हुने देखिन्छ ।

यता, ९३ सदस्यीय प्रदेश १ मा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । जहाँ एमालेसँग एक्लै ४० र माओवादी केन्द्रसँग १३ सिट छ । दुई मिल्दा बहुमतभन्दा बढी ५३ सांसद पुग्छन् । जसलाई हेर्दा, प्रदेश १ मा सहजै सरकार गठन हुन्छ ।

तर, अन्य प्रदेशमा सरकार गठन सहज छैन । मधेशमा मधेशवादी दलहरुले सरकारको नेतृत्वमा दाबी गरेका छन् भने सुदूरपश्चिममा नागरिक उन्मुक्तिले दाबी गरेको छ । लुम्बिनी, गण्डकी र बागमतीमा पनि एमाले र माओवादी मिलेर मात्रै सरकार गठन हुने अवस्था छैन ।

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा बहुमतको सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ । जहाँ सत्ता गठबन्धनका करिब–करिब सबै दल मिल्नुपर्ने हुन्छ । एमालेसँग २३ सांसद छन् भने जसपासँग १६, जनमतसँग १३, माओवादी केन्द्रसँग ९ (स्वतन्त्रसहित) र राप्रपासँग २ सांसद छन् । केन्द्रमा सरकार निर्माणमा जुटेका यी दल मिल्दा ६३ सांसद पुग्छ । जुन बहुमत बढी हो । तर, कसको नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने अन्योल छ । जहाँ जसपा र जनमतले दाबी गरेका छन् ।

यता, एक सय १० सदस्यीय बागमति प्रदेशसभामा एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र राप्रपासँग १३ सांसद छन् । तीन दल मिल्दा सहजै बहुमत पुग्छ । तर, कसको नेतृत्वमा सरकार बनाउने विषय अन्योल छ । यहाँ तीनै दलले नेतृत्वमा दाबी गरेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेसँग २२, माओवादी केन्द्रसँग ८ र राप्रपासँग २ सांसद छन् । तीन पार्टी मिल्दा बहुमत पुग्छ । तर, राप्रपालाई मनाउने विषय गण्डकीमा सहज देखिएको छैन ।

यता, ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । जहाँ एमालेसँग २९, माओवादीसँग १० (स्वतन्त्रसहित), राप्रपासँग ४, जसपासँग ३, नागरिक उन्मुक्तिसँग ४ र जनमतसँग ३ सांसद छन् । तर, यहाँ सबै पार्टी नमिली सरकार गठन नहुने हुनाले मुख्यमन्त्री कसको बन्ने अन्योल छ ।

सुदूरपश्चिमको अवस्था पनि त्यस्तै छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ । जहाँ सत्ता गठबन्धनका माओवादीसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ र राप्रपासँग १ सांसद छन् । केन्द्रको सरकार निर्माणमा समर्थन जनाएको नागरिक उन्मुक्तिले सरकारको नेतृत्व खोजेको छ । यस्तोमा कसरी सरकार बनाउने अन्योल देखिन्छ ।

वि.सं.२०७९ पुस २० बुधवार १६:४४ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...