back

को–को तोकिए त झापाका निर्वाचन अधिकृतहरु ?

वि.सं.२०७३ चैत २३ बुधवार

186 

shares
NTC AD
Global IME AD

२३ चैत, दमक । आसन्न स्थानीय तहको निर्वाचनका लागि झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् ।

निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै झापाका आठ नगरपालिका र सात गााउँपालिकामा निर्वाचन अधिकृतको नाम तय गरेको हो ।

आयोगका अनुसार दमक नगरपालिकामा शान्ति मन्त्रालयका उपसचिव वेदराज फँुयाल, भद्रपुर नगरपालिकामा जिल्ला न्यायाधीश झापाका सुदर्शनप्रसाद पाण्डे, मेची नगरपालिकामा सर्वोच्च अदालतकी उपरजिष्ट्रार इन्दिरा शर्मा, गौरादह नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत सकुन्तला कार्की, शिवसतासी नगरपालिकामा पङ्कज भुर्तेललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, बिर्तामोड नगरपालिकामा इलाका प्रशासन कार्यालय दमकका उपसचिव भोजराज श्रेष्ठ, कन्काइ नगरपालिकामा उपसचिव रोशनकुमार भट्टराई, अर्जुनधारा नपामा राधाकृष्ण खतिवडा खटिएका छन् ।

यसैगरी, कमल गाउँपालिकामा प्रेमप्रसाद लुइँटेल, गौरीगञ्ज गाउँपालिकामा भीमप्रसाद तिवारी, बाह्रदशी गाउँपालिकामा बाबुराम राई, झापा गाउँपालिकामा रोशनशङ्कर घिमिरे, बुद्धशान्ति गाउँपालिकामा इन्द्रकमल प्रधान, हल्दिवारी गाउँपालिकामा पदमबहादुर कार्की र कचनकवल गाउँपालिकामा देवीबहादुर भण्डारीलाई जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।

वि.सं.२०७३ चैत २३ बुधवार ०३:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...