back
CTIZAN AD

को–को तोकिए त झापाका निर्वाचन अधिकृतहरु ?

वि.सं.२०७३ चैत २३ बुधवार

855 

shares

२३ चैत, दमक । आसन्न स्थानीय तहको निर्वाचनका लागि झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् ।

निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै झापाका आठ नगरपालिका र सात गााउँपालिकामा निर्वाचन अधिकृतको नाम तय गरेको हो ।

आयोगका अनुसार दमक नगरपालिकामा शान्ति मन्त्रालयका उपसचिव वेदराज फँुयाल, भद्रपुर नगरपालिकामा जिल्ला न्यायाधीश झापाका सुदर्शनप्रसाद पाण्डे, मेची नगरपालिकामा सर्वोच्च अदालतकी उपरजिष्ट्रार इन्दिरा शर्मा, गौरादह नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत सकुन्तला कार्की, शिवसतासी नगरपालिकामा पङ्कज भुर्तेललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, बिर्तामोड नगरपालिकामा इलाका प्रशासन कार्यालय दमकका उपसचिव भोजराज श्रेष्ठ, कन्काइ नगरपालिकामा उपसचिव रोशनकुमार भट्टराई, अर्जुनधारा नपामा राधाकृष्ण खतिवडा खटिएका छन् ।

यसैगरी, कमल गाउँपालिकामा प्रेमप्रसाद लुइँटेल, गौरीगञ्ज गाउँपालिकामा भीमप्रसाद तिवारी, बाह्रदशी गाउँपालिकामा बाबुराम राई, झापा गाउँपालिकामा रोशनशङ्कर घिमिरे, बुद्धशान्ति गाउँपालिकामा इन्द्रकमल प्रधान, हल्दिवारी गाउँपालिकामा पदमबहादुर कार्की र कचनकवल गाउँपालिकामा देवीबहादुर भण्डारीलाई जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।

वि.सं.२०७३ चैत २३ बुधवार ०३:२५ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...