back
CTIZAN AD

लुम्बिनी प्रदेशको सभामुखमा घर्ती र उपसभामुखमा खाँण निर्विरोध

वि.सं.२०७९ माघ ३ मंगलवार

957 

shares

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका नेता तुलाराम घर्ती ‘बसन्त निर्विरोध भएका छन् ।

.प्रदेशसभा सचिवालयमा सोमबार गरिएको मनोनयन दर्ताका क्रममा सभामुख पदमा घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध सभामुखमा निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनबाट सभामुख पदमा उम्मेदवारी दर्ता गराएका घर्तीको प्रस्तावमा एमालेका सांसद भूमिश्वर ढकाल र राप्रपाका सांसद आशिष चौधरीले समर्थन गरेका थिए ।

त्यसैगरी प्रदेश सभा उपसभामुुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खाँण, नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी नेतृ निर्मलादेवी थारुले पनि उम्मेदवारी दर्ता गराएकामा उनीहरुले उम्मेदवारी फिर्ता लिएपछि राप्रपाकी खाँड उसभामुखमा निर्विरोध भएकी हुन् । खाँणलाई ज्येष्ठ सदस्य डिल्लीराज भुसालल उपसभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभामुखमा निर्वाचित घर्तीमगर गत मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाल्पा क्षेत्र नंम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी त्यतिबेला माओवादी केन्द्रका प्रमुख सचेतक रहेका थिए ।

घर्ती २०७४ को निर्वाचनमा पनि पाल्पा २ (ख) बाटै निर्वाचित भएका थिए । त्यस्तै अघिल्लो कार्यकालमा पनि माओवादी केन्द्रका नेता पूर्ण बहादुर घर्ती प्रदेश सभामुख रहेका थिए ।

वि.सं.२०७९ माघ ३ मंगलवार १६:३१ मा प्रकाशित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...