back
CTIZAN AD

पुल्चोक क्रिकेट क्लबले उचाल्यो एस टी–२० क्रिकेट लिगको उपाधि

वि.सं.२०७९ माघ ४ बुधवार

771 

shares

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले हात पारेको छ ।

एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको आजको फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद रु ४५ हजारसहितको उपाधि हात पारेको हो ।

खेलमा उपाधि हात पार्ने पुल्चोक क्रिकेट क्लब तथा दोस्रो हुने किङ्ग्स क्रिकेट क्लबलाई सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सोविता गौतम र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मेडल तथा शिल्ड प्र गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा खेलको म्यान अफ द म्याच सागर थापा घोषित भए भने नवीन यादव, सुवास खत्रीले उत्कृष्ट बलरको उपाधि हात पारे । उपत्यकाका विभिन्न क्लबका आठ टिम सहभागी प्रतियोगिता युवालाई क्रिकेट खेलप्रति रुचि जगाउन र नेपालको नाम विश्वमा उच्चरूपमा राख्ने अभिप्रायले आयोजना गरेको आयोजक प्रमुख एवं १९ वर्षीय क्रिकेट खेलाडी सर्वोच्च बस्नेतले बताए ।
कोरोना महामारीपछि उपत्यकामा यस्ता प्रकारको खेल आयोजना हुन छाडेपछि खेल प्रेमीमा उत्साह ल्याउन प्रतियोगिता आयोजना गरिएको उनले बताए । एस स्पोर्ट्स चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो ।

केही महिनाअघि ललितपुरमा मुलुकमै पहिलोपल्ट इन्डोरको फुल कोर्टमा प्रतियोगिता गराएर चर्चा आएको एस स्पोर्ट्सले नयाँ युवालाई प्रतियोगितामा सहभागिता गराएर खेलमा आकर्षक बनाएको आयोजक संस्थाका निर्देशक सुनिलकुमार ठकुरीले बताए ।

वि.सं.२०७९ माघ ४ बुधवार २०:३७ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...