back
CTIZAN AD

सडक निर्माण सम्बन्धी निकायबीच साझा संयन्त्र बनाइने

वि.सं.२०७९ माघ ४ बुधवार

732 

shares

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र सडक निर्माण सम्बन्धी निकायबीच साझा संयन्त्र बनाउने सहमति भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, काठमाण्डौं उपत्यका बिकास प्राधिकरणको आयुक्त, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष, मन्त्रालयका सहसचिव, उपत्यका स्थित सडक डिभिजन प्रमुखहरु लगायतको सहभागितामा भएको छलफलमा सडक निर्माण सम्बन्धी निकायबीच साझा संयन्त्र बनाउने निर्णय भएको हो ।

त्यसैगरी उपत्यकाको सबै निकाय अन्तर्गतको सडकको डिजिटल म्याप तैयार गर्ने यसको लागि सडक विभागले समन्वय गर्ने, सबै निकायले आफू मातहतको सडकहरूमा परेका खाल्डाखुल्डी आपसी समन्वयबाट बनाउने निर्णय गरिएको छ ।

त्यस्तै हरेक महिनाको दोश्रो र चौथो शुक्रबार दिउसो २ बजे उपरोक्त निकाय र खानेपानी विभाग, केयूकेएल, बिधुत प्राधिकरण, नेपाल टेलिकम सहितको नियमित बैठक बस्ने निर्णय भएको छ । उक्त बैठक स्थायी संरचना नबन्दासम्मका लागि बस्ने बताइएको छ ।

 

वि.सं.२०७९ माघ ४ बुधवार २०:५७ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...