back
CTIZAN AD

च्याउ खाँदा एकै परिवारका छजना बिरामी

वि.सं.२०७३ चैत २४ बिहीवार

876 

shares

२४ चैत , नुवाकोट । नुवाकोट जिल्लाको लिखु गाँउपालिका–४ चौघडाको रानीटारमा बुधबार साँझ विषालु च्याउ खाँदा एकै परिवारका छ जना बिरामी भएका छन् ।

बिरामीमध्ये चारजना सिकिस्त छन् । विषाक्त च्याउ खाएर रानीटारका ६४ वर्षका पद्मबहादुर राई, उहाँकी श्रीमती ६४ वर्षीया जुनकिरी राई, छोरा २३ वर्षका रोकेश राई, बुहारी २१ वर्षीया ढोमा राई र नातिहरु चार वर्षका रोहन राई र एक वर्षका रोजन राई बिरामी भएका छन् ।

च्याउ खाएपछि सिकिस्त भएका रोकेश, उनकी श्रीमती ढोमा र छोराहरु रोहन र रोजनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचार भइरहेको छ ।

विषालु च्याउ खाएर बिरामी भएका घरमुली पद्मबहादुर र जुनकिरीको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।

राई परिवारले हिजो बेलुकाको खानामा आफ्नै अस्थायी आवासको खम्बामा उम्रिएको च्याउ खाएलगत्तै बान्ता हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या देखिएपछि स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि मध्यरातमा अस्पताल लगिएको हो ।

वि.सं.२०७३ चैत २४ बिहीवार ०३:१७ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...