back

च्याउ खाँदा एकै परिवारका छजना बिरामी

वि.सं.२०७३ चैत २४ बिहीवार

507 

shares
IME Limited
NTC AD

२४ चैत , नुवाकोट । नुवाकोट जिल्लाको लिखु गाँउपालिका–४ चौघडाको रानीटारमा बुधबार साँझ विषालु च्याउ खाँदा एकै परिवारका छ जना बिरामी भएका छन् ।

बिरामीमध्ये चारजना सिकिस्त छन् । विषाक्त च्याउ खाएर रानीटारका ६४ वर्षका पद्मबहादुर राई, उहाँकी श्रीमती ६४ वर्षीया जुनकिरी राई, छोरा २३ वर्षका रोकेश राई, बुहारी २१ वर्षीया ढोमा राई र नातिहरु चार वर्षका रोहन राई र एक वर्षका रोजन राई बिरामी भएका छन् ।

च्याउ खाएपछि सिकिस्त भएका रोकेश, उनकी श्रीमती ढोमा र छोराहरु रोहन र रोजनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचार भइरहेको छ ।

विषालु च्याउ खाएर बिरामी भएका घरमुली पद्मबहादुर र जुनकिरीको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।

राई परिवारले हिजो बेलुकाको खानामा आफ्नै अस्थायी आवासको खम्बामा उम्रिएको च्याउ खाएलगत्तै बान्ता हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या देखिएपछि स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि मध्यरातमा अस्पताल लगिएको हो ।

वि.सं.२०७३ चैत २४ बिहीवार ०३:१७ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...