back
CTIZAN AD

नयाँ वर्षमा रुपाकोट महोत्सव हुने

वि.सं.२०७३ चैत २४ बिहीवार

855 

shares

२४ चैत, खोटाङ । जिल्लाको पर्यटकीयस्थल रुपाकोट डाँडामा प्रथम रुपाकोट महोत्सवको आयोजना गरिने भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते प्रथम रुपाकोट महोत्सवको आयोजना गरिएको हो ।

रुपाकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जिल्लाको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक जिल्ला समन्वय समिति, खोटाङका स्थानीय विकास अधिकारी राजनकुमार बिसीले जानकारी दिनुभयो ।

महोत्सवले पर्यटकीय क्षेत्र रुपाकोटको प्रचार–प्रसारका साथै योजना निर्माणका लागि उपयोगी हुने स्थानीय विकास अधिकारी बिसीको भनाइ छ ।

सदरमुकाम दिक्तेलबाट करिब तीनघण्टा पैदल यात्रापछि पुगिने रुपाकोटमा नयाँ वर्षको अवसर पारेर पिकनिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि सयौँको सङ्ख्यामा मानिस पुग्ने गरेका छन् ।

मनोरम प्राकृतिक दृष्य, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुका साथै महत्वपूर्ण जडिबुटी पाइने रुपाकोट क्षेत्रमा हरेक वर्ष नयाँ वर्षका दिन आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

रुपाकोट डाँडाबाट विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमालहरु राम्ररी देख्न सकिन्छ । रुपाकोटको प्राकृतिक सौन्दर्यसंगै सोही क्षेत्रमा पर्ने सिद्धबाबाको गुफा दर्शनका लागि पनि उत्तिकै भक्तजन आउने गरेका छन् ।

वैशाख पूर्णिमाको दिन सिद्धबाबाको गुफामा जिल्ला तथा जिल्ला बाहिरका लामा भेला भएर पूजापाठ गर्ने गरेका छन् । रुपाकोट आसपासका बासिन्दाहरुले मनोकाङ्क्षा पूरा गर्नका साथै घर–परिवारमा सुखशान्ति मिलोस्, खेतीपाती सप्रियोस्, एवम् गाउँ, समाज र पशुचौपायामा दैविप्रकोप नपरोस भन्दै श्रद्धाकासाथ सिद्ध बाबाको पूजा गर्छन् ।

रुपाकोट क्षेत्रमा सिद्धबाबाले तपस्या गरेको स्थानका साथै महत्वपूर्ण जडिबुटीसमेत पाइने भएकाले अत्यन्तै पवित्र क्षेत्र मानिन्छ । महोत्सवका लागि रुपाकोट सामुदायिक वन उपभोक्ता समूहले चैतको दोस्रो सातामा अन्तरक्रिया पनि सम्पन्न गरेको थियो ।

वि.सं.२०७३ चैत २४ बिहीवार ०३:०८ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...