back
CTIZAN AD

शेखर कोइरालाको निष्कर्ष : प्रचण्डलाई विश्वासको मत दिनु गलत

वि.सं.२०७९ माघ ८ आइतवार

1.1K 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको बताएका छन् । आइतबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफुँ निकट नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

“प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर हामीले गल्ती गर्‍यौं । तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिको बैठकमा राखेको थिएँ । तर, त्यसको सुनुवाइ भएन”, उनले भनेका छन्, “बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिन हुँदैनथ्यो ।”

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित नेताहरू प्रकाशमानसिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी र प्रदीप पौडेलले लिखित असहमति जनाएका थिए ।

वि.सं.२०७९ माघ ८ आइतवार ११:५९ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...