back

नाफा कमाउनेमा एभरेष्ट सबैभन्दा अगाडि, कुन बैंकको नाफा कति ?

वि.सं.२०७९ माघ ८ आइतवार

132 

shares
NTC AD
Global IME AD

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफामा सामान्य बृद्धि देखिएको छ । यो अवधिमा २० वाणिज्य बैंकहरुको मुनाफा ३० अर्ब नाघेको छ ।

दोस्रो त्रैमासको अवधिमा वाणिज्य बैंकहरुको मुनाफा ११.७१ प्रतिशतले बढेको छ । यो अवधिमा १५ वाणिज्य बैंकको नाफा बढेको छ भने दर्जन बढी बैंकको नाफा घटेको छ ।
नाफामा सामान्य बृद्धि देखिनु मर्जरबाट बिलय भएका बैंकहरुको मुनाफाको योगदान पनि अधिक नै मान्न सकिन्छ । बिलय भएका बैंकहरुको गत वर्षको मुनाफा जोड्ने हो भने तीन प्रतिशत हाराहारीको मात्रै सुधार देखिन्छ ।

समीक्षा अवधिमा प्रतिशतका आधारमा नाफा वृद्धिमा एभरेष्ट बैंक नाफा कमाउने सबैभन्दा आक्रामक देखिएको छ । बैंकले यो अवधिमा सबैभन्दा धेरै ८९.२९ प्रतिशत नाफा बढाएको छ । बैंकले यो अवधिमा एक अर्ब ५८ करोड नाफा आर्जन गरेको छ ।

तर, सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक बनेको छ । बैंकले ५६.६७ प्रतिशत बढाएर तीन अर्ब ४१ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

दोस्रो धेरै मुनाफा आर्जन गर्नेमा एनआइसी एशिया बैंक रहेको छ । जसले यस अवधिमा ४१ प्रतिशतले मुनाफा बढाउँदै दुई अर्ब ७१ करोड आर्जन गरेको छ । बैंकले गत वर्षको यही अवधिमा एक अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो ।

नाफा आम्दानी बढी गर्नेमा तेस्रोमा ग्लोबल आइएमई बैंक छ । यो अवधिमा ४.४६ प्रतिशत बढेर दुई अर्ब ७८ करोड २३ लाख रुपैयाँ पुगेको छ । चौंथोमा राष्ट्रिय वाणिज्य बैंकको ४१।२७ प्रतिशत बढेर दुई अर्ब ७१ करोड १८ लाख रुपैयाँ र पाँचौमा एनएमबि बैंकको ११ प्रतिशत बढेर एक अर्ब ९० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यस वर्ष कृषि विकास बैंकको मुनाफा भने ऋणात्मक देखिएको छ । बैंक १२ करोड ८९ लाख रुपैयाँले नोक्सानमा देखिएको हो । गत वर्ष यही अवधिसम्म बैंकले एक अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कुनको नाफा कति ?

वि.सं.२०७९ माघ ८ आइतवार १२:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...