back
CTIZAN AD

नाफा कमाउनेमा एभरेष्ट सबैभन्दा अगाडि, कुन बैंकको नाफा कति ?

वि.सं.२०७९ माघ ८ आइतवार

843 

shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफामा सामान्य बृद्धि देखिएको छ । यो अवधिमा २० वाणिज्य बैंकहरुको मुनाफा ३० अर्ब नाघेको छ ।

दोस्रो त्रैमासको अवधिमा वाणिज्य बैंकहरुको मुनाफा ११.७१ प्रतिशतले बढेको छ । यो अवधिमा १५ वाणिज्य बैंकको नाफा बढेको छ भने दर्जन बढी बैंकको नाफा घटेको छ ।
नाफामा सामान्य बृद्धि देखिनु मर्जरबाट बिलय भएका बैंकहरुको मुनाफाको योगदान पनि अधिक नै मान्न सकिन्छ । बिलय भएका बैंकहरुको गत वर्षको मुनाफा जोड्ने हो भने तीन प्रतिशत हाराहारीको मात्रै सुधार देखिन्छ ।

समीक्षा अवधिमा प्रतिशतका आधारमा नाफा वृद्धिमा एभरेष्ट बैंक नाफा कमाउने सबैभन्दा आक्रामक देखिएको छ । बैंकले यो अवधिमा सबैभन्दा धेरै ८९.२९ प्रतिशत नाफा बढाएको छ । बैंकले यो अवधिमा एक अर्ब ५८ करोड नाफा आर्जन गरेको छ ।

तर, सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक बनेको छ । बैंकले ५६.६७ प्रतिशत बढाएर तीन अर्ब ४१ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

दोस्रो धेरै मुनाफा आर्जन गर्नेमा एनआइसी एशिया बैंक रहेको छ । जसले यस अवधिमा ४१ प्रतिशतले मुनाफा बढाउँदै दुई अर्ब ७१ करोड आर्जन गरेको छ । बैंकले गत वर्षको यही अवधिमा एक अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो ।

नाफा आम्दानी बढी गर्नेमा तेस्रोमा ग्लोबल आइएमई बैंक छ । यो अवधिमा ४.४६ प्रतिशत बढेर दुई अर्ब ७८ करोड २३ लाख रुपैयाँ पुगेको छ । चौंथोमा राष्ट्रिय वाणिज्य बैंकको ४१।२७ प्रतिशत बढेर दुई अर्ब ७१ करोड १८ लाख रुपैयाँ र पाँचौमा एनएमबि बैंकको ११ प्रतिशत बढेर एक अर्ब ९० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यस वर्ष कृषि विकास बैंकको मुनाफा भने ऋणात्मक देखिएको छ । बैंक १२ करोड ८९ लाख रुपैयाँले नोक्सानमा देखिएको हो । गत वर्ष यही अवधिसम्म बैंकले एक अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कुनको नाफा कति ?

वि.सं.२०७९ माघ ८ आइतवार १२:४१ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...