
काठमाडौं । मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
महोतरी ज़िल्ला क्षेत्र न:२ को (ख)बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह र पर्सा निर्वाचन क्षेत्र न:३ को (क)बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।
सांसद प्रदिप यादवका अनुसार नव प्रवेशीहरूलाई खादा टिका लगाई पार्टी अध्यक्ष उपेन्द्र यादव ले पार्टी प्रवेश गराएका हुन ।
प्रदेशमा सरकारकाे नेतृत्व गरेकाे जसपामा १६ सांसद छन् । दुई सांसद थपिएसँगै जसपामा सांसदकाे संख्या १८ पुगेकाे छ ।