back
CTIZAN AD

रेडक्रस सोसाइटी मुगुद्धारा चिसोबाट प्रभावितलाई कम्बल वितरण

वि.सं.२०७९ माघ ८ आइतवार

1K 

shares

मुगु । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मुगुले अत्याधिक चिसोबाट जोखिन बुढापाका, गरिव तथा असहायलाई कम्मल बितरण गरेको छ ।

मुगु जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम, ठूलाबाडा थमबाडा, दर्खे, फाइपाटा, खोल्का लगायत बस्तीका बृद्धाबृद्धी, गरिव, असाय बिपन्न परिवारका ६० जनालाई निःशुल्क न्यानो कम्मल बितरण गरेको हो ।

कठयाङग्रीदो चिसोमा बुढापाका, असाय, गरिव तथा बिपन्न परिवारका ६० जना महिला पुरुषलाई प्रतिब्यक्ति एक/एक वटा न्यानो कम्मल बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी मुगु शाखाका मन्त्री रत्नसिह मल्लले जानकारी दिए ।

अत्याधिक चिसोका बेला न्यानो कम्मल पाएपछि बामका बृद्धबृद्धा, गरिव, असहाय हर्षित भएको मल्लको सुनाए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मुगुले विभिन्न समयमा यस्ता राहत कार्यक्रम संचालन गर्दै आएको छ ।

रेडक्रसबाट निःशुल्क न्यानो कम्मल पाउदा बाम गाउँका ६० जना बुढापाका असहाय गरिव परिवार खुशी भएको नगरपालिका वडानं १४ का वडाअध्यक्ष जुनबहादुर बडुवालले बताए । जिल्लामा शुक्रबार उच्च हिमाली भेगमा हिमपात भएपछि चिसोले जनजीवन प्रभावित बनाएको छ ।

वि.सं.२०७९ माघ ८ आइतवार १३:४४ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...