
मुगु । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मुगुले अत्याधिक चिसोबाट जोखिन बुढापाका, गरिव तथा असहायलाई कम्मल बितरण गरेको छ ।
मुगु जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम, ठूलाबाडा थमबाडा, दर्खे, फाइपाटा, खोल्का लगायत बस्तीका बृद्धाबृद्धी, गरिव, असाय बिपन्न परिवारका ६० जनालाई निःशुल्क न्यानो कम्मल बितरण गरेको हो ।
कठयाङग्रीदो चिसोमा बुढापाका, असाय, गरिव तथा बिपन्न परिवारका ६० जना महिला पुरुषलाई प्रतिब्यक्ति एक/एक वटा न्यानो कम्मल बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी मुगु शाखाका मन्त्री रत्नसिह मल्लले जानकारी दिए ।
अत्याधिक चिसोका बेला न्यानो कम्मल पाएपछि बामका बृद्धबृद्धा, गरिव, असहाय हर्षित भएको मल्लको सुनाए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मुगुले विभिन्न समयमा यस्ता राहत कार्यक्रम संचालन गर्दै आएको छ ।
रेडक्रसबाट निःशुल्क न्यानो कम्मल पाउदा बाम गाउँका ६० जना बुढापाका असहाय गरिव परिवार खुशी भएको नगरपालिका वडानं १४ का वडाअध्यक्ष जुनबहादुर बडुवालले बताए । जिल्लामा शुक्रबार उच्च हिमाली भेगमा हिमपात भएपछि चिसोले जनजीवन प्रभावित बनाएको छ ।