
पोखरा । फोर्स मोटर्सको सर्भिस सेन्टर पोखरामा सञ्चालनमा ल्याएको छ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले पार्टपुर्जा लगायत विभिन्न सेवा दिने उद्देश्यले सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको हो ।
उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
यस अगाडी चाउथेमा फोर्स मोर्टसको सोरुम संचालनमा आइसकेको छ । करिब ७ रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ । गाडी बिक्री पछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो सेवा दिने उदेश्य राखिएको आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए ।
विगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टलले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ ।