back
CTIZAN AD

रहेनन् ‘सुस्ता बचाउ अभियान’ का संयोजक गोपाल गुरुङ

वि.सं.२०७९ माघ ११ बुधवार

918 

shares

काठमाडौं । ‘‘सुस्ता बचाउ अभियान’का संयोजक गोपाल गुरुङको उपचारका क्रममा निधन भएको छ ।

नवलपरासी पश्चिम सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि निरन्तर अभियान संचालन गर्दै आएका ६२ वर्षीय गुरुङको उपचारकै क्रममा मंगलबार राति भैरहवाको युनिभर्सल मेडिकल कलेजमा निधन भएको हो । गुरुङको मस्तिष्कघात भएका कारण एकमहिनादेखि उपचार भइरहेको थियो ।

२०६२ देखि भारतीय पक्षले सुस्तामा आफ्नो अतिक्रमण बढाएपछि सोहि वर्षदेखि गुरुङले ‘सुस्ता बचाऊँ अभियान’ समिति गठन गरेर सुस्ता बचाउ अभियानमा सक्रियरुपमा लागेका थिए । भारतले अतिक्रमण गरेका सुस्ता लगायतका अन्य ठाउँमा स्थायी स्तम्भ राख्न पनि गुरुङले पहल गरेका थिए ।

उनको उपचारका लागि आर्थिक समस्या भएपछि केही समाजिक अभियन्ताहरुले गोपाल गुरुङ बचाउ अभियान’ सञ्चालन गरेर आर्थिक रकम जोहो गरेका थिए ।

 

वि.सं.२०७९ माघ ११ बुधवार ०९:२५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...