back
CTIZAN AD

स्ट्यान्डर्ड चार्टर्ड बैंकले रु. २.४ अर्बको ऋणपत्र जारी गर्ने

वि.सं.२०७९ माघ १२ बिहीवार

924 

shares

काठमाडाैं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको छ। यो ऋणपत्रको प्रतिइकाई मूल्य रु. १ हजार रहनेछ र ऋणपत्रको अवधि ५ वर्ष हुनेछ। यससम्बन्धी सम्पूर्ण कार्य एनआइबिएल एस क्यापिटलले गर्ने गरी सम्झौता भएको छ।

ऋणपत्रका लागि व्यक्ति र निजी संस्थाहरु जो नियमित आयआर्जन गर्न चाहन्छन्, उनीहरुले दरखास्त दिन सक्नेछन्। निष्कासन हुने कुल रकममध्ये १४ लाख ४० हजार इकाइ निजी तवरमा र ९ लाख ६० हजार इकाइ सर्बसाधारणलगायत म्युच्युअल फन्डहरुका लागि सेयर आह्वानपत्र जारी गरेर बाँडफाँड गरिनेछ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक हाल नेपालमा सञ्चालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो। यसका साथै नेपालमा इक्रा नेपालद्वारा इक्राएनपी–आईआर एएए श्रेणीका साथ समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकका रुपमा मान्यता दिइएको छ। हालैमात्र बैंकले न्यु बिज सम्मेलनमा बेस्ट म्यानेज्ड कमर्सियल बैंक नेपाल–२०२२ को पुरस्कार प्राप्त गर्न सफल भएको छ।

वि.सं.२०७९ माघ १२ बिहीवार १७:२६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...