back
CTIZAN AD

हरेक घरमा उकुस-मुकुस छ, संयम र धैर्य बनेर एकअर्कालाई साथ दिउँ

वि.सं.२०७९ माघ १३ शुक्रवार

1.5K 

shares

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा बढि विक्छ । एक अर्कालाई दोषारोपण हुन्छ तर यसले समाधान कहिल्यै दिदैन । संयम, धैर्य, एक अर्कालाई साथ सहयोग र योजना संगै हरेक संकटवाट बाहिर निस्किन सजिलो हुन्छ । विश्व आर्थिक अबस्थासंग संगै नेपालमा पनि आर्थिक अभावको स्थिति अझै छ । गाह्रो सबैलाई छ अनि पर्याप्त प्रश्नहरु उब्जिन्छ नै ।
सरकार पुरै सङ्कलित आय रकमबाट चालु खर्चसम्म धान्न नसक्ने स्थितीमा छ, तलब भुक्तानी गर्न ऋणपत्र जारी गर्नुपर्ने स्थिति सहज होईन । प्रजातन्त्र, लोकतन्त्र र संघियताको यात्रा संग संगै पुँजीगत खर्च र चालु खर्चको अनुपात ५५ः४५ बाट घट्दै गएर ८०ः२० भन्दा न्यून भैसकेको छ । कसरी सम्हाल्ने सरकारलाई गाह्रो छैन र ?

उद्यमी व्यवसायीहरूको स्थिर खर्च बढेको छ । तर, बजारमा माग २० प्रतिशत देखि ७५ प्रतिशतसम्म घटेको छ । यसले गर्दा उकुसमुकुसको वातावरण छ । पुरानालाई त टिक्नु गाह्रो भैरहदा नयाँ उद्यमी आउन कसरी ! देश आर्थिक रुपमा समृद्ध हुन्छ कसरी ?उद्यमी र उद्यमशिलतालाई टेवा दिन सकेनौ भने हामी बच्दछौ र बांच्दछौ कसरी ?

बैंकहरुको खुद मुनाफा हेरेर कमेन्ट त गर्छौ हामी तर वितरण योग्य नाफा धेरैको नकारात्मक वा न्यून छ । खराब कर्जा अप्रत्याशित रुपले बढेको छ । स्थिति सुधार नभएमा निक्षेपकर्ताको हितसम्म सुरक्षित हुन गाह्रो हुने स्थिती आउन सक्दछ । बैकमा पैसा सबै नागरिकको छ हैन र ? बैकिङ विश्वासमा चल्छ र विश्वास गर्न यो डुब्दैन भन्ने स्थिति हुनुपर्छ हैन र ? बैंकमा पैसा नहुँदा कति व्यवसायीले ३६ देखि ४८ प्रतिशतसम्म ब्याजमा पैसा लिई गर्जो टार्नु भयो सोच्नुस त ?

हामी खरको छानो भएको बस्तीमा छौं। छिमेकीको घरमा आगो लाउन खोजे हाम्रो घर नी बच्दैन । छिमेकीको घरमा आगो लागेको थाहा भएमा आफ्नो घरमा खान राखेको खाने पानी समेत हालेर आगो निभाउँदा छिमेकीको नोक्सानी बच्दछ, बस्ती बच्दछ र आफ्नो घर पनि बच्दछ । गलतलाई तथ्य र तथ्याङ्क सहित गलत भनौ तर द्वेष फैलाउदै ताली खान खोज्नेहरुलाई ठाउँका ठाउँ ठिक पारौ– प्रोत्साहन गर्ने होईन ।

केहि सुधारका निर्दैशन र नियमनले अर्थतन्त्रको अवस्थालाई स्थिर वा केहि सुधारतर्फ लगेको थाहा हँुदाहँुदै पनि नियामकहरुले तालि खानुपर्ने ठाउँमा समेत गाली खानु परिरहेको छ । सहि नियमनलाई साथ नदिने हो भने भोलीको स्थिति अझै बिग्रिन सक्दछ । नियमन कस लाई ‘अहा’ अनि ‘गज्जब’ लाग्छ र – औषधी तितो नै हुन्छ । डाक्टरले दिएको औषधीले मुखै विगार्यो । डाक्टरले यो खान रोक्यो उ खान रोक्यो भनेर गाली गर्ने कि रोग ठिक हुदैछ, स्वस्थ हुँदैछु, आयु बढ्दैछ भनेर धन्यबाद दिने ?

युवाहरूमा काम गरौ भन्ने हुटहुटी छ । जोश छ । पढाइ छ तर सोचे झै अवसर नपाउने वातावरणले उनीहरुलाई अत्यन्तै नकारात्मक बनाइरहेको छ । तथ्य अनी तथ्याङ्क सहित वास्तविकता आफुले बुझेर अरूलाई समेत सम्झाउनु पर्ने यो जमात सामाजिक सञ्जाल, युट्युव र टिकटिकमा प्रचारित नकारात्मक सन्देशहरूका वाहक बनिरहेका छन् । यस्तै हुने हो भने उनीहरुसंगै देशको भविष्य कहां पुग्दछ ?
नागरिकहरुको आम्दानी घटेको छ, अवसरहरु घटेका छन खर्च क्षमता घटेको छ तर महँगी बढेको छ । उकुसमुकुस हर घरमा छ – हैन र ?
यतिबेला संयम, धैर्य, एक अर्कालाई ढाडस/साथ/सहयोग अनि एक नागरिकको रुपमा मेरो सकारात्मक भुमिका के हुनुपर्छ भनेर हरेक पेशामा आबद्ध मान्छेहरुले सोच्नुपर्ने बेला पक्कै हो । नियामकले गाली खादै लिएका केहि निर्णयहरुले यो बर्ष केही आर्थिक सुचकांकमा सुधार आएका छन् । अगाडिका दिनहरू सुन्दर र समृद्ध हुन सक्दछन तर त्यहाँसम्म पुग्न एक अर्कालाई साथ दिंउ । नकारात्मक भन्दा सकारात्मक सन्देश बढि चर्चामा ल्याउ । बाढि र भेलमा एक अर्कालाई समातेर बसियो भने बाढिको जोखिम कम भैहाल्छ सबै सुरक्षित होईन्छ एक अर्कालाई छिर्र्की हान्न थालियो भने कोही पनि बाँचिदैन ।

यो समय सामाजिक, धार्मिक र पेशागत द्वेष फैलाउने बेला होईन । हामी खरको छानो भएको बस्तीमा छौं। छिमेकीको घरमा आगो लाउन खोजे हाम्रो घर नी बच्दैन । छिमेकीको घरमा आगो लागेको थाहा भएमा आफ्नो घरमा खान राखेको खाने पानी समेत हालेर आगो निभाउँदा छिमेकीको नोक्सानी बच्दछ, बस्ती बच्दछ र आफ्नो घर पनि बच्दछ । गलतलाई तथ्य र तथ्याङ्क सहित गलत भनौ तर द्वेष फैलाउदै ताली खान खोज्नेहरुलाई ठाउँका ठाउँ ठिक पारौ– प्रोत्साहन गर्ने होईन ।

समस्या जताततै छन, आशाका किरणहरु पनि छन् । बेइमानी र बेईमानहरु लाई खबरदारी गरौ तर सामाजिक, धार्मिक र पेशागत मर्यादा अनि सदभाव कायम राखौ–अहिले यो जरुरी छ । धेरै आर्थिक सुचकांकमा सुधार देखिएका छन, आशाका किरणहरु देखिएका छन् । राम्रो काम गर्दागर्दे अप्ठ्यारोमा परेकाहरुलाई साथ दिउँ, सहानुभूति राखौ, प्रोत्साहन गरौं । बेईमान र बदमासहरुलाई खबरदारी गरौं तर नकारात्मक सन्देश र द्वेष फैलाउदै ताली खान खोज्नेहरुलाई ठाउँका ठाउँ ठिक पारौ– प्रोत्साहन गर्ने होईन ।
समस्या छन तर पार पाउछौ भन्ने आत्मविश्वास राखौ । ’होस्टेमा हैसै’ गरौं ।

लेखक, ज्ञवाली नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सामाजिक अभियन्ता हुन् ।

 

वि.सं.२०७९ माघ १३ शुक्रवार ०८:५१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...