back

प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

वि.सं.२०७३ चैत २४ बिहीवार

237 

shares
RBB AD
NTC AD

२४ चैत,काठमाडौँ  । प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले ६ स्वर्ण, दुई रजत तथा एक कास्य पदक हात पार्दै च्याम्पियन बनेको हो ।

त्यस्तै सशस्त्र प्रहरी बल (एपिएफ) ले दुई स्वर्ण र दुई कास्यपदकसहित दोस्रो र एक स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित पूर्वाञ्चल तेस्रो स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा पुम्से विधातर्फ नेपाल आर्मीले स्वर्णपदक प्राप्त गरें । आर्मीले मध्यमाञ्चललाई पराजित गर्दै स्वर्ण जितेको हो । त्यसैगरी मध्यमाञ्चल दोस्रो तथा सशस्त्र प्रहरी बल (एपिएफ) र पूर्वाञ्चल टोली तेस्रो भए ।

एकल पुम्सेतर्फ सुदूरपश्चिमाञ्चलकी रीता श्रेष्ठले स्वर्ण जितिन् भने सुदूरपश्चिमाञ्चलकी निता गुरुङ दोस्रो तथा मध्यमाञ्चलकी नमिता मोक्तान र भारतकी मुक्ता गुप्ता तेस्रो भए ।

सिनियरतर्फको ६७ केजी तौल समूहमा आर्मीकी नम्रता तुलाधरले स्वर्ण, मध्यपश्चिमाञ्चलकी कमला नेपालीले रजत, सुदूरपश्चिमकी आकृति कार्की तथा पश्चिमाञ्चलकी ममता गर्बुजाले कास्क पदक प्राप्त गरें । ६२ केजी तौल समूहमा पूर्वाञ्चलकी सन्ध्या सिंह पहिलो, आर्मीकी मुस्कान कार्की दोस्रो तथा मध्य पश्चिमाञ्चलकी मिना पुन र पश्चिमाञ्चलकी अनिसा केसी तेस्रो स्थान प्राप्त गरें । ५७ केजी तौल समूहमा आर्मीकी रेश्मा थापा पहिलो, पूर्वाञ्चलकी सिना मादेन दोस्रो तथा मध्यमाञ्चलकी अस्मिता पुन र भारतकी आक्रिन मदेर तेस्रो स्थान प्राप्त गरें ।

त्रिपन्न केजी तौल समूहमा भारतकी सिवानी ठाकुर स्वर्ण र नेपालकी कल्पना चौधरीले रजत पदक प्राप्त गरिन् भने पूर्वाञ्चलकी सुनिता तामाङ र सुदूरपश्चिमाञ्चलकी पार्वती भण्डारीले कास्य पदक प्राप्त गरिन् । ४४ केजी तौल समूहमा आर्मीकी योगमाया श्रेष्ठ पहिलो, पूर्वाञ्चलकी सुशीला बुढाथोकी दोस्रो तथा मध्यमाञ्चलकी बिना गुरुङ र सुदूरपश्चिमाञ्चलकी चन्दा घर्तीमगर तेस्रो स्थान प्राप्त गरें । ४२ केजीमा एपिएफकी दक्षिणा ठकुरी पहिलो, आर्मीकी सिना श्रेष्ठ दोस्रो तथा पश्चिमाञ्चलकी पूजा तुराहा र मध्यमाञ्चलकी नमुना श्रेष्ठ तेस्रो भईन् ।

नेपाल तेक्वान्दो सङ्घको महिला सशक्तीकरण समितिको आयोजनामा भएको उक्त दुइदिने प्रतियोगितामा भारत कोरिया र नेपालका तीन विभागीय टोलीसहित पाँच विकास क्षेत्रका महिला खेलाडी प्रतिस्पर्धामा भाग लिएका थिए ।

युनिभर्सिटी क्रिकेट कप

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको ‘युनिभर्सिटी क्रिकेट कप प्रतियोगिता–२०७३’अन्तर्गत आज भएको खेलमा शङ्करदेव कलेजले लवरेन्स कलेजलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा शङ्करदेवले लवरेन्स कलेजलाई ४९ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको शङ्करदेव २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १६३ रनको योगफल तयार ग¥यो । जवाफी ब्याटिङमा उत्रेका लवरेन्स १८ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ११४ रनमा समेटियो ।

शङ्करदेवको जितमा आयुशमान बमले ६१ रनको योगदान दिए । त्यस्तै सोमेस यादवले ३५ तथा अरुण ऐरी र रबीन चन्दले समान १६÷१६ रन जोडे । लवरेन्सका इसान सिंह बानियाले तीन विकेट लिए भने अभिशेष थापाले दुई विकेट लिए ।

यता लवेरेन्सले ब्याटिङ गर्ने क्रममा अमित श्रेष्ठले ३२, प्रसुन थापाले २१ तथा अभिशेष थापाले १८ रन जोडे । लवरेन्सलाई सस्तैमा समेट्ने क्रममा शङ्करदेवका प्रकाश विष्ट, आशिष पोखरेल, लोकेन्द्र धामी तथा विनोद भटृराईले समान दुई दुई विकेट लिए ।

त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा नेपाल कर्मस कलेजले कसमस कलेज अफ म्यानेजमेन्टलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कसमसले १४ दशमलव ४ ओभरमा सवै विकेट गुमाउदै ६७ रनमा समेटियो । ६८ रनको लक्ष्य पाएको कर्मश कलेजले ६ दशमलव ३ ओभरमा दुई विकेट गुमाउदै सो लक्ष्य भेटृायो । कसमसलाई सस्तैमा समेट्नेक्रममा कर्मस कलेजका नबीन थापा एक्लैले ६ विकेट लिए भने लोकेन्द्र चन्द, बसन्त खत्री र पवन श्रेष्ठले समान एक ÷एक विकेट लिए ।

कर्मस कलेजको जितमा प्रकाश विष्टले ३४ तथा हिमाशु दत्तले २१ रनको योगदान दिए । कसमसका दीपक कठायत र वीवेक साउतले समान एक ÷एक विकेट लिए । रासस

वि.सं.२०७३ चैत २४ बिहीवार १६:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मन्त्री श्रेष्ठद्वारा सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

मन्त्री श्रेष्ठद्वारा सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली...

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि सेनाका रोक्कालाई

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि सेनाका रोक्कालाई

लुम्बिनी । राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको...

ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी

ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत...

विश्वकप छनोटका लागि २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

विश्वकप छनोटका लागि २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

काठमाडौँ । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध...

महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुँदै

महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुँदै

काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि...

यस्तो बन्दै छ गौरिटारमा पौडी पोखरी र क्रिकेट मैदान

यस्तो बन्दै छ गौरिटारमा पौडी पोखरी र क्रिकेट मैदान

काठमाडौं । हेटौडाको गौरिटार रंगशालामा धमाधम खेल पूर्वाधार निर्माण हुन...