back
CTIZAN AD

अष्ट्रेलियाबाट उन्नत जातका बाख्रा नेपाल ल्याइयो

वि.सं.२०७३ चैत २४ बिहीवार

771 

shares

goat-arustralian

२४ चैत,काठमाडौँ  । बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी आज नेपाल ल्याइएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बोयर जातको उक्त उन्नत बाख्रामध्ये २० पाठी र तीन वटा पाठा रहेको जानकारी दिएको छ ।

अष्ट्रेलियाबाट नेपाल ल्याउँदा प्रति पाठापाठी रु दुई लाख ५० हजार पर्नेे फर्मका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले बताउनुभयो । अष्ट्रेलियाबाट ल्याइएका ती पाठापाठी नेपाल ल्याउँदा रु ५७ लाख ५० हजार खर्च भएको बताइएको छ ।

नेपाल ल्याएका ती पाठापाठीमा कुनै रोग नलागेको भनी अन्तर्राष्ट्रियस्तरको स्वस्थ्य परीक्षण प्रमाणपत्रसमेत अष्ट्रेलियन सरकारको आधिकारिक भेट्नरियनबाट जारी गरिएको उहाँले जानकारी दिनुभयो ।

व्यावसायिक रुपमा बाख्रापालन गर्नका लागि ती उन्नत जातको बाख्रा नेपाल ल्याइएको हो, अध्यक्ष बस्नेतले भन्नुभयो — ‘यो जातको पाठापाठी जस्तोसुकै हावापानी र मौसममा हुर्कनसक्ने, जुनसुकै जातको घाँसपात खाने, रोक प्रतिरोधात्मक क्षमता बढी हुने, मासुमा बोसोको मात्रा न्यून हुने, राम्रो आहार भएमा एक दिनमा २५० देखि ३०० ग्रामसम्म बढ्ने खालका छन् ।’

देशलाई मासुमा आत्मनिर्भर बनाउनका लागि उन्नत नश्ल भएको जातको पाठापाठीको अभाव रहेको र फर्मले निकट भविष्यमा नेपालभर बोयर जातका पाठापाठी उत्पादन गरी कृषकको माग पूरा गर्ने लक्ष्य राखेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

परम्परागत रुपमा पालिएका स्थानीय बाख्राबाट जन्मेका खसीबोकाको वार्षिक सरदर तौल २५ केजीसम्म हुने तर बोयर जातका पाठापाठी पालन गर्दा एक वर्षमा ६० केजीभन्दा बढी हुने भएकाले यसबाट कृषकले राम्रो लाभ लिनसक्ने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय जातका बाख्रासँग बोयर जातका बोकाको क्रस विडिङ्ग गरी उत्पादनमा वृद्धि गर्न पनि सकिने बताइएको छ । नेपालमा खसीबोकाको उपलब्धता ज्यादै न्यून रहेको र यहाँ वार्षिक रुपमा करोडौँ रुपैयाँको खसीबोका भारतबाट आयात हुँदै आएको पाइन्छ ।

फर्मले मोरङको डाँगीहाटमा करिब २० बिगाहा जग्गामा नेपालकै सबैभन्दा ठूलो तथा आधुनिक खोर निर्माण गरी बाख्रापालन गर्दै आएका छन् । बाख्रालाई खुवाउनका लागि सो क्षेत्रमा फर्मले उन्नत जातका घाँस उत्पादन गरिएकोे, खमारी, कोइरालो, निमारो लगायतका खेतीसमेत गर्दै आएका छन् ।

कृषि फर्मका कार्यकारी अध्यक्ष रहनुभएका बस्नेत सर्वोच्च अदालतका पूर्वन्यायाधीश, निर्वाचन आयोगका पूर्वआयुक्त तथा बुद्ध एयरका प्रमुखसमेत हुनुहुन्छ । रासस

तस्बिरः कालिका खड्का,रासस

वि.सं.२०७३ चैत २४ बिहीवार १६:२४ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिहरूले अटोमोवाइल...