back
CTIZAN AD

तपाईको आज माघ १८ गते बुधबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ विशेष शुभ ?

वि.सं.२०७९ माघ १८ बुधवार

669 

shares

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कामको प्रस्ताव आउनेछ। आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ। बोलीकै भरमा काम बन्नेछ। विचारले अरूलाई प्रभावित पार्न सकिनेछ। आर्थिक र बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। कामले मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। नयाँ काममा अनुभवी अग्रजहरूको सहयोग लिँदा राम्रो हुनेछ। साँझतिर सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। अध्ययनले व्यक्तित्व निखार्ने समय छ। मिहिनेत गर्दा दिगो काममा जग बसाउन सकिनेछ। साँझतिर नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
सुरुमा भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ। काम पूरा नभए पनि सम्मानित स्थान प्राप्त गर्न सकिनेछ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन समय लाग्नेछ। तथापि मिहिनेत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। लाभांश अरूका लागि खर्चनुपर्ने अवस्था आउन सक्छ। तारिफयोग्य कामको यश भने प्राप्त हुनेछ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामाजिक दायित्व हातलागी हुनेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य पनि हुन सक्छ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझतिर नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। आयस्रोत सबल बन्नेछ। दिगो काम थालनी गर्ने समय छ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। आफूलाई सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला। श्रम परे पनि साँझदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। सेवामूलक तथा परोपकारी काममा प्रवृत्त भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउन सक्छन्। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। भौतिक साधन बिग्रनाले काममा विलम्ब हुनेछ। सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी तथा काममा चुनौती देखापर्न सक्छ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धामा उत्रनुपरे पनि पुरुषार्थी काम सिद्ध गर्ने समय छ। कामबाट मनग्य लाभ मिल्नेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। वादविवादले पुरानो सम्बन्धमा समस्या निम्त्याउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिहानको काम सन्तोषजनक नहुन सक्छ। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। व्यापार बढ्नेछ। प्रतिस्पर्धामा पनि अग्रस्थान हासिल गर्न सफल भइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुःख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ। मान्यजनसँग असमझदारी बढ्ने सम्भावना छ। साँझतिर स्थतिमा आंशिक सुधार आउनेछ। परिवारजनको सहयोगले केही काम बनाउन सकिनेछ। अध्ययनमा पनि प्रगति गर्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले थप अवसर दिलाउन सक्छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने स्थति कमजोर बन्नेछ। आफन्त र साथीभाइसमेत टाढिन सक्छन्। काम बिग्रने भयले सताउने समय छ।

२०७९ माघ १८ गते, बुधवार, (१ फेब्रअरी २०२३)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज माघ १७ गते मंगलबारको राशिफल भन्छ– आज मेष लगायत ६ राशिकालाई हुनेछ विशेष लाभ

वि.सं.२०७९ माघ १८ बुधवार ०७:३१ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...