२५ चैत, वालिङ । पौडी खेल्ने क्रममा डुबेर स्याङ्जाको पुतलीबजार–६ पुरीसरामा विहिबार दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिलकुमार प्रधानका अनुसार स्थानीय नेवारी खोलामा पौडी खेल्ने क्रममा स्थानीय सुनिता गुरुङ र चाँदनी गुरुङको मृत्यु भएको हो । दुवै जनाको उमेर १२ वर्ष रहेको छ ।
प्रहरीका अनुसार मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । यसबारेमा थप अनुसन्धान सुरु भइरहेको प्रहरीले बताएको छ ।
वि.सं.२०७३ चैत २५ शुक्रवार ०३:१३ मा प्रकाशित






























