back
CTIZAN AD

खेलकुदको विकासकालागि पाँच ‘प’को प्रवद्र्धन  सचिव दाहाल

वि.सं.२०७३ चैत २५ शुक्रवार

657 

shares

२५ चैत , सोलुखुम्बु । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले पाँच ‘प’को प्रवद्र्धनलाई जोड दिइरहेको बताउनुभएको छ ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा विहिबार नवौँ राष्ट्रपति रनिङ सिल्ड अन्तरमावि खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै सचिव दाहालले ‘खेलकुदमा लगानी गर्न नडराऔँ’ भन्ने नाराका साथ पाँच ‘प’को प्रवद्र्धनमा मन्त्रालय लागेको बताउनुभयो ।

सचिव दाहालले खेलक्षेत्रको विकासका लागि पाँच ‘प’ अर्थात् पूर्वाधार विकास, प्रशिक्षण, प्रतियोगिता, प्रतिभा छनौट र प्रोत्साहन अति आवश्यक रहेको भन्दै यो कुरामा योजनाबद्ध काम सुरु गरेको बताउनुभयो ।

सचिव दाहालले राष्ट्रिय महत्वका तथा ठूला योजना र प्रतियोगितामा मन्त्रालय केन्द्रित रहने भन्दै गाउँ÷नगरमा स्थानीय तहले खेल क्षेत्र प्रवद्र्धनको नेतृत्व लिनुपर्ने बताउनुभयो ।

सदरमुकामस्थित जनजागृति माविको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १४ विद्यालयले सहभागिता जनाएका छन् । तीनदिनसम्म चल्ने कार्यक्रममा महिला÷पुरुष भलिबल, एथ्लेटिक्सलगायत प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डिवी नेपालीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ चैत २५ शुक्रवार ०३:३४ मा प्रकाशित

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...