back
CTIZAN AD

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार

660 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकपछि सरकार छाड्ने निर्णय गरेको हो ।

रास्वपाले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेकाे छ ।

सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय नपाएपछि रास्वपा बाहिरिने निर्णयमा पुगेकाे हाे । नागरिकता प्रकरणपछि सांसद र मन्त्री पद गुमाएका रास्वपा सभापति रवि लामिछाने पुनः गैरसांसद भएपनि गृहमन्त्री बन्ने दाैडमा थिए । तर, सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले नमानेपछि रास्वपा यस्तो निर्णयमा पुगेको हो ।

सत्ता साझेदार दलहरु एमाले र राप्रपा भने रवीलाई नै गृहमन्त्री बनाउने पक्षमा थिए ।

रास्वपाबाट सरकारमा डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् । रास्वपाको यस्तो निर्णयसँगै उनीहरुले पनि राजीनामा दिनेछन् । रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्रालय खाली हुने भएका छन्।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका थिए।

वि.सं.२०७९ माघ २२ आइतवार १६:०५ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...