back
CTIZAN AD

यी चौध उद्योगले पाए नेपाल गुणस्तर प्रमाण चिन्ह

वि.सं.२०७९ माघ २२ आइतवार

693 

shares

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ ।

चालु आर्थिक वर्षको छ महिनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको हो ।

विभागले चालु आवमा सिमेन्ट, टिएमटी छड, रङ, एचडिपीई पाइप, सिपीभीसी पाइप, यूपीभिसी पाइप, जस्मिन हाईजिन सेनिटरी पाइप, पेभर्स लकलगायतलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको हो ।

विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समयमा गुणस्तर चिह्नप्रति उद्योगी व्यवसायीको भरोसा बढ्दै गएको बताए । “अघिल्ला वर्षको तुलनामा पछिल्लो समय नेपाल गुणस्तर प्रमाण चिन्ह लिने उद्योगको सङ्ख्या राम्रो हुँदै गएको छ,” उनले भने ।

चालु आवमा रङ, सिमेन्ट, पाइपलगायतका वस्तुमा गुणस्तर प्रमाण चिह्न लिनेको सङ्ख्या बढेको उनको भनाइ छ । सिमेन्ट, छड, एलपिजी सिलिन्डर, रेगुलेटर, ग्यास पाइप, जीआई वायर, पिभिसी केबुललगायत १५ वस्तुमा सरकारले गुणस्तर चिन्ह अनिवार्य गरेको छ ।

विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार इजाजतपत्र प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको छ महिनामा प्राविधिक समितिबाट १६ वस्तु तथा उद्योगको गुणस्तर पारित गरेको छ । प्राविधिक समितिबाट पारित भएको वस्तु तथा उद्योगको गुणस्तर परिषद्मा पठाउने गरिन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्रीको अध्यक्षतामा बस्ने गुणस्तर परिषद्को बैठक बस्न नसक्दा सो अवधिमा एउटा पनि गुणस्तर पारित नभएको विभागले जनाएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागको कार्यक्षेत्र धेरै भए पनि कर्मचारी कम हुँदा काम गर्न समस्या भएको छ ।

विभागमा हाल विभिन्न वस्तुको गुणस्तर मापन गर्नका लागि केमिकल, फिजिकल र टेक्सटाइल प्रयोगशाला छन् ।

 

वि.सं.२०७९ माघ २२ आइतवार १६:१४ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...