काठमाडौं । सरकारबाट बाहिरीने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्री समक्ष राजीनामा दिने भएका छन् ।
बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरुले पनि मन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।
पार्टी कार्यालयबाटै पत्रकार सम्मेलन गरेका सो पार्टीका सभापति रवि लामिछानेले आफ्ना मन्त्रीहरु आजै फिर्ता हुने जानकारी दिँदै सरकारलाई दिएको समर्थन भने जारी राख्ने जनाएको छ ।
सरकारबाट बाहिरिने रास्वपाको निर्णय
वि.सं.२०७९ माघ २२ आइतवार १६:२५ मा प्रकाशित






























