back
CTIZAN AD

मिडियामाथि खनिए रवि लामिछाने, चितवनमा चुनाव लड्न आउन चुनौती

वि.सं.२०७९ माघ २२ आइतवार

642 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला मिडियाका मालिकहरुलाई चितवन २ मा आफुसँग निर्वाचन लड्न आउन चुनौती दिएका छन् ।

सभापति लामिछानेले आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नागरिकता र पासर्पोटका विषयमा आफुले चारवर्ष अगाडि भनेका कुरा घुमाइ फिराई ठूला मिडियाले आफुमाथि निरन्तर प्रहार गरेको बताए ।

‘मिडियाले त लेख्नु पथ्र्यो नि यसले यहाँ यसो गर्यो, यहाँ अस्पताल बनाउँदा खायो, केही त आउनुपर्ने थियो नि !,’ पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘त्यति कुरा छ । जुन मैले चारवर्ष अगाडि सार्वजनिक रुपमा बताएको छु । प्रक्रियागत त्रुटि होला त्यसको लागि मैले सजाय भोगे । त्यसलाई लिएर पत्रपत्रिकाले जुन ढंगले टिका टिप्पणी गरे ।अनि म माथि निरन्तर प्रहार गरे त्यो प्रहार अदालतलाई प्रभावित पार्नुपर्ने थियो ।’

उनले आफुले गृहमन्त्री मलाई नै चाहिन्छ भनेर भनेको नभई आफ्नो पार्टीको भागमा रहेको मन्त्रालय आफुहरुलाई दिन माग गरेको बताए । उनले को गृहमन्त्री बन्ने भन्नेबारे पार्टीले निर्णय गर्छ भनेको थिए ।

‘देश चलाउने हो भने चितवन २ मा मसँग चुनाव लड्न आउनुस् । कैलास सिरोहिया आउने हो कि, रामेश्वर थापा आउने हो कि, अमित ढकाल आउने हो कि, शिव गाउँले आउने हो कि को–को आउने हो,’ ठूला मिडियालाई चुनौती दिँदै उनले भने, ‘चुनाव लड्न आउनुस् । देश तपाईले चलाउने होइन । मिडिया चलाउने हो । इथिक्स तपाईहरुलाई पनि लाग्छ । मलाई मात्र होइन ।’ उनले अदालतलाई प्रभावित बनाउन एउटै कुरा तीन–चार पटक निरन्तर लेखेको बताए ।

वि.सं.२०७९ माघ २२ आइतवार १६:४९ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...