back
CTIZAN AD

दरबार हाइस्कूमा एकजना शिक्षक करारमा नियुक्ति गर्न ४१ हजार खर्च !

वि.सं.२०७९ माघ २२ आइतवार

2K 

shares

काठमाडौं । काठमाडौंको रानीपोखरीमा रहेको भानुमाध्यामिक विद्यालय (दरबार हाइस्कूल) मा करारमा एकजना शिक्षक नियुक्ति गर्दा शिक्षक छनौट समितिका पदाधिकारी तथा सदस्यहरुलाई भत्ता वापत ४१ हजार रुपैंया दिएको पाईएको छ ।

गतवर्ष विद्यालयमा कार्यरत एक शिक्षक बेतलबि बिदा बसेका थिए उनको सट्टामा विद्यालयले गत साउनबाट लागूहुने गरि एक शिक्षिका नियुक्त गरेको थियो ।

पहिलै भत्ता दिएर पछि परित गरिएको माइन्यूट तयार गरिएको छ ।

भत्ता बुझ्ने पदाधिकारी तथा सदस्यहरुमा काठमाडौं महानगरपालिका शिक्षा विभागबाट तारापती खरेल र खगराज जोशी, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल महर्जन, विद्यालयका सहायक प्रअ शारदा कुमारी पौडेल, एक जना विषय विज्ञ तथा अन्य एकजना सोहि विद्यालयका शिक्षक गरी छ जनाले सो रकम बराबर भक्ता बुझेको पाईएको हो ।

खरेल विभागको तर्फबाट सोहि विद्यालयका निरिक्षक हुन भने जोशी यसअधि सोहि विद्यालयका स्रोत व्यक्ति थिए । बि.सं. २०७५ सालमा काठमाडौं महानगरले जारि गरेको महानगर शिक्षा ऐनमा भने स्रोत व्यक्तिको व्यवस्था छैन । शिक्षा क्षेत्रका जानकारहरुका अनुसार विद्यालयमा शिक्षक नियुक्ति गर्दा छनौटको लागि जुन निकायबाट आएका हुन सोहि निकायले भत्ता दिनुपर्ने भए दिन्छ विद्यालयले दिन मिल्दैन । त्यो मापदण्ड विषयविज्ञ शिक्षकको हकमा भने लागू नहुने बताइन्छ ।

अनावस्यक शिर्षकमा खर्चगर्न अभिभावकबाट पैसा असुल

विद्यालयले यस्ता अनावस्यक शिर्षकमा खर्च गर्न अभिभावकहरुसंग विद्यालय सहयोगको नाममा प्रति विद्यार्थी प्रति महिना पाँचसय रुपैंयाँ असुल गर्दै आएको छ । विद्यार्थीहरुबाट सहयोगको रुपमा असुल गरिएको पैसा विद्यार्थीको सिकाईमाभन्दा पनि अनावस्यक रुपमा फजुल खर्च गरेको पाईएको एक अभिभावकले बताए ।

‘सरकारले उपलव्ध गराएको खाजा समेत पोषण युक्त छैन’, ती अभिभावकले भने ‘मान्नुहोस् यो देशमा सार्बजनिक विद्यालयमात्र यस्तो क्षेत्र हो जहाँ लुट्न धेरै सजिलो छ ।’

साना नानीबाबूहरुको खाजाको लागिभन्दै संघिय सरकार र महानगरपलिकाले रु २५ खाजाको लागि छुट्याएको छ । काठमाडौं महानगरपालिका भित्रका समूदायीक बिद्यालयमा अध्ययनरत कक्षा ८ सम्मका विद्यार्थीहरुलाई रु २५ बराबरको दिवा खाजाको लागि महानगरले बजेटको व्यवस्था गरेको छ भने सरकारले १० कक्षासम्मका विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै भानु माबिमा सरकारले शिक्षक कर्मचारीको तलबभत्ताको लागि मात्र गत बर्ष करिब १ करोड २६ लाख रुपैंयाँ निकासा गरेका देखिन्छ ।

 

अव्यवस्थित लेखा प्रणाली

भानु माध्यामिक विद्यालयको लेखा प्राणली पनि अव्यवस्थित रहेको पाईएको छ । पुस मसान्तसम्म सक्नुपर्ने लेखा परिक्षण अझै सुरु भएको छैन भने वार्षिक लेखा परिक्षण अगाडी हुनुपर्ने सामाजिक लेखा परिक्षणको काम पनि भर्खरै सुरु भएको छ ।

‘विद्यालयको लेखा परिक्षण अस्तव्यवस्त छ,’ सामाजिक लेखा परिक्षण समितिका एक सदस्यले भने, ‘अभिभावकबाट उठाईएको ठूलो रकम घोटला भएको आशंका छ ।’

लेखा परिक्षण गर्ने र स्कूलको सबै काममा हस्तक्षेप गर्ने अधिकार महानगरपालिकको शिक्षा विभागको भएको महानगर स्रोतले जानकारी दिएको छ ।

यस अघि देशका अन्य विद्यालयहरुमा पनि रकमको चरम दुरुपयोग भएको समाचार सार्बजनिक भएको थियो । नेपालको पहिलो विद्यालयको रुपमा रहेको भानु मा.बि.(दरबार हाइस्कूल)को आफ्नो कुनै पनि आम्दानीको स्रोत छैन ।

आम्दानीको स्रोत नभएको भानु माध्यामिक बिद्यालयले कसरी यत्रो रकम खर्च गर्न सक्छ ? भन्ने हाम्रो जिज्ञासामा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालय अन्तर्गतको विद्यालय महाशाखा प्रमुख विदुर गिरीले विद्यालय धनी भएकोले त्यस्तो गरेको हुनसक्ने प्रतिकृया दिए ।

वि.सं.२०७९ माघ २२ आइतवार १७:०७ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...