back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्डलाई ‘अष्ट ज’ को आग्रह-किसान र उद्यमीका समस्या सुन्न विशेष सेल बनाइयोस्

वि.सं.२०७९ माघ २२ आइतवार

1K 

shares

काठमाडौं । अष्ट ज अभियान नेपालले किसान र उद्यमीको समस्या सुन्न विशेष सेल बनाउन प्रधानमन्त्री समक्ष माग गरेको छ ।

कृषि उद्यमी प्रेम प्रसाद आचार्यको आत्मदाहको घटना र चितवन लगायतका जिल्लामा किसानले चलाएको आन्दोलनप्रति अभियानले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘योजना निर्माणदेखि माटो जाँच, बीउ, मल, सिचाईँ, प्रकोप रक्षा, उत्पादन, प्रशोधन, भण्डारण र बजारसम्मका चक्रमा विचौलियाले दिएको हण्डर, ठक्कर, गोता, परेशानी, दिक्कत र झमेलाबाट उत्पन्न परिणामका कारण प्रेम प्रसादको आत्मदाहको घटनाले अष्ट ज अभियान स्तब्ध भएको छ । साथै बजारीकरणको समस्यामा आन्दोलनरत चितवन लगायत देशैभरीका किसानको मागप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।’अभियानद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अभियानले कृषक, उत्पादक तथा उद्यमीहरुलाई निराशामा जान नदिन प्रधानमन्त्री तहबाटै विशेष सेल निर्माण गरी, हेल्लो सरकार जस्ता गुनासो सम्बोधन गर्ने निकाय थप सक्रिय बनाउन समेत विशेष आग्रह गरेको छ ।

‘संविधानमै समाजवादउन्मुख राज्यप्रणाली भनिएको अवस्थामा समाजवादका लागि पुँजीको न्यायिक वितरण हुनुपर्ने, स्वाधीन पुँजी विना न्यायिक वितरण नहुने, आत्मनिर्भरता विना स्वाधीन पुँजी निर्माण नहुने, उत्पादन विना आत्मनिर्भरता नहुने र उत्पादनमैत्री वातावरण विना उत्पादन नै नहुने यर्थाथलाई हृदयंगम गर्दै कृषक, उत्पादक तथा उद्यमीहरुलाई निराशामा जान नदिन प्रधानमन्त्री तहबाटै विशेष सेल निर्माण गरी, हेल्लो सरकार जस्ता गुनासो सम्बोधन गर्ने निकाय थप सक्रिय बनाउन समेत विशेष आग्रह गर्दछ ।’ अभियानले भनेको छ ।

 

 

वि.सं.२०७९ माघ २२ आइतवार १७:१६ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...