काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी पाँच वर्षपछि प्रधानमन्त्री बन्ने गरी आउने बताएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठककाे निर्णय सार्वजनिक गर्न बाेलाइएकाे पत्रकार सम्मेलनमा बाेल्दै लामिछानेले यस्ताे भनेका हुन् ।
लामिछानेले भनेका छन्, ‘कसैसँग नडराई यो पार्टी चलाउँछौं । आउने चुनावमा सरकार बनाउने गरी,उपप्रधान र गृह होइन प्रधानमन्त्री बन्ने गरी यो पार्टी अघि बढाउँछौ ।’
सभापति लामिछानेले आफू अरूसँग नभई नेपाली जनतासँग मात्रै डराउने बताए । ‘कसैले खेदेर डराउँदिनँ । म केही गल्ती गरिहाल्छु कि भनेर जनतासँग मात्रै डराउँछु’, उनले भने ।
वि.सं.२०७९ माघ २२ आइतवार १७:२९ मा प्रकाशित






























