काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पार्किङ सुविधाका लागि ५ थान हाईटेक एडभान्स सिपियु प्रदान गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापाले एक कार्यक्रमका बीच ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीलाई राजधानीको सेण्ट्रल ट्राफीक मोनिटरिङका लागि पाँच थान हाईटेक एडभान्स सिपियु र त्यससँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेका छन् ।
सोही अवसरमा नाडाले ट्राफिक प्रहरीलाई १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको जनाएको छ ।
उक्त कार्यक्रमको अवसरमा राजधानीको ट्राफिक व्यवस्थापन तथा पार्किङका सम्बन्धमा के कसरी अघि बढने भन्ने विषयमा समेत छलफल भएको नाडाले जनाएको छ । अध्यक्ष थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरिएको बताए ।
नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन बिगत लामो समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए । सहयोग सामग्री ग्रहण गर्दै ट्राफिक प्रमुख चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि सो कार्यालयका लागि नाडाबाट यस किसिमका सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा राखेको बताइन् ।
वि.सं.२०७९ माघ २७ शुक्रवार ०७:५२ मा प्रकाशित





























