काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सेवा सम्बन्धी सम्झौता भएको छ ।
कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउन सिप्रदी ट्रेडिङसँग माघ २९ गते आईतबार सम्झौता गरेको हो ।
सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट का.मु. कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक शास्वतजंग सिजापतीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता पश्चात सिप्रदी ट्रेडिङबाट टाटा ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ फागुन २ मंगलवार ०८:३२ मा प्रकाशित






























