back
CTIZAN AD

नेपाल चेम्बर अफ कमर्सले पठायो टर्कीका भूकम्पपीडितलाई राहत सहयोग

वि.सं.२०७९ फागुन २ मंगलवार

720 

shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले टर्कीका भूकम्पपीडित नागरिकलाई राहत सामाग्री सहयोग गरेको छ । टर्कीमा गएको भूकम्पका कारण प्रभावित भएका नागरिकहरुका लागि मानवीय सहायता स्वरुप चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका सामग्रीहरु सहयोग गरेको हो ।

टर्कीका प्रभावित नागरिकका लागि ५ सय थान पस्मिनाका वस्तु र अक्सिजन कन्सन्ट्रेट सहयोग गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । नेपालमा २०७२ सालको बिनासकारी भूकम्प जाँदा टर्कीले पनि राहत सामग्री उपलव्ध गराएको स्मरण गर्दै अध्यक्ष मल्लले प्राकृतिक विपदमा एक अर्का देशका नागरिकलाई मानवीय दृष्टिकोणले सहयोग गर्नुपर्ने बताए ।

चेम्बरले गृहमन्त्रालय मार्फत सहयोग सामग्री हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यक्ता अनुसार नेपालीहरुलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ । चेम्बर अफ कसर्सले यसअघि अफगानिस्तानमा पनि मानवीय सहायता अन्तर्गत आर्थिक सहयोग गरेको थियो । परराष्ट्रमन्त्रालयको समन्वयमा चेम्बरका अध्यक्ष मल्ल सहितको टोलीले अफगानिस्तानमा नै पुगेर सहयोग सामग्री हस्तान्तरण गरेको थिए ।

वि.सं.२०७९ फागुन २ मंगलवार ०८:३७ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...