back
CTIZAN AD

राजनीतिक अन्याेलताकाे प्रभाव : सेयर बजारमा गयाे पहिराे

वि.सं.२०७९ फागुन ११ बिहीवार

744 

shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा पहिराे गएकाे छ । बिहीबार नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२ बिन्दुमा झरेकाे छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९८ अङ्कले घटेर ३८४.३६ विन्दुमा पुगेको छ। माघ २६ गतेदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब रुपैयाँ ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा छिमेकि लघुवित्त वित्तिय संस्था शीर्ष स्थानमा रहेको छ। यसको आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी एनआईसि एसियाको ७ करोडको कारोबार भएको छ ।

बिहीबार सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ। आजको नेपाल हाईड्रो डेभलोपर रसामलिंग पावर कम्पनीको ४ प्रतिशतको सेयर कारोबार भएको छ।

ठूलाे अंककाे गिरावट किन्नेभन्दा बेच्नेकाे भीड लाग्दा देखिएकाे हाे । जसकाे कारण राजनीतिक अन्याेलता रहेकाे धेरैकाे बुझाइ छ ।

वि.सं.२०७९ फागुन ११ बिहीवार १७:३१ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...