back
CTIZAN AD

प्राधिकरणले गर्यो तनहुँ र लमजुङमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

वि.सं.२०७९ फागुन ११ बिहीवार

969 

shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार गण्डकी प्रदेशका तनहुँको व्यास नगरपालिका र लमजुङको मध्यनेपाल नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुखअतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बीमाका बारेमा राम्रो जानकारी नहुँदा बीमितहरु अन्यौलमा पर्ने गरेको उल्लेख गर्दै बीमा कम्पनीहरुले बीमा गर्नुभन्दा अगाडि बीमालेखका बारेमा स्पष्ट जानकारी दिनुपर्ने बताए ।

प्रमुख न्यौपानेले सेवामुखी हुन र बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई आग्रह गरे ।
सोहि अवसरमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी प्रस्तुति राख्दै ठोस नीतिगत व्यवस्था गरी बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले प्रलोभनमा परेर बीमा गर्दा बीमाशुल्क बुझाउन नसक्ने अवस्था आएको, बीमा गर्नुभन्दा अगाडि बीमालेखका बारेमा राम्रोसँग जानकारी नदिएको, एउटै बीमालेखको बीमाशुल्क कम्पनी अनुसार फरक फरक हुने गरेको, जीवन बीमा गर्दा स्वास्थ्य अवस्थाबारे नसोध्ने तर बीमा गरिसकेपछि भने दीर्घरोगी रहेको भन्ने गरेको लगायतका गुनासाहरु गरेका थिए ।

प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेको संचालन रहेको उक्त कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायत गरी करिव १०० जनाको सहभागिता रहेको थियो ।

यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिकामा आयोजित कर्यक्रमका प्रमुखअतिथि, मध्यनेपाल नगरपालिकाका वडा अध्यक्ष एवम् नगर प्रवक्ता रामचन्द्र भण्डारीले बीमा कम्पनीहरुले घर घरमा गएर बीमा गरे जस्तै बीमा दाबी भुक्तानी पनि घर घरमा नै गएर गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले बीमाले विपद्का समयमा सरकारलाई आइपर्ने आर्थिक भार कम गर्न मद्दत गर्ने भएकाले एकद्वार प्रणालीमार्फत बीमा कार्यक्रमलाई अगाडि बढाउन महानगरपालिका अग्रसर हुने जानकारी दिए ।

प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले नगरपालिकाका नीति तथा कार्यक्रममा राखेर बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गरेका थिए ।

त्यस्तै प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेले संचालन गरेको कार्यक्रममा नगरपालिकाका वडाअध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायत गरी करिव ९० जनाको सहभागिता रहेको बताइएको छ ।

वि.सं.२०७९ फागुन ११ बिहीवार १७:०८ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...