back
CTIZAN AD

यु–१९ विश्वकप : नेपालले टस जितेर ब्याटिङ रोज्यो

वि.सं.२०७९ फागुन १८ बिहीवार

918 

shares

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ ।

युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपाल आजको खेलमा विजयी भए आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने यु–१९ विश्वकप क्रिकेटको भए यात्रा तय गर्नेछ । नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने उद्देश्यका साथ मैदानमा उत्रेनेछ ।

प्रतियोगितामा नेपालले यसअघि खेलेका चार वटै खेलमा विजयी हभएको थियो । नेपालले यसअघि सिङ्गापुर, कुवेत, हङकङ र मलेसियालाई पराजित गरेको थियो ।

यता युएईले पनि सिङ्गापुर, कुवेत, हङङकङ र मलेसियालाई पराजित गरेको छ । नेपाल र युएईबीचको विजेताले यू–१९ विश्वकपको यात्रा तय गर्नेछ । नेपालको प्लेईङ–११ मा कप्तान देव खनालसहित आकाश त्रिपाठी, दीपक बोहरा, आकाश चन्द, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपेश कँडेल, हेमन्त धामी, मिलन बोहरा, सुवास भण्डारी र उत्तम थापा मगर छन् ।

वि.सं.२०७९ फागुन १८ बिहीवार ११:३० मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...