back
CTIZAN AD

विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

वि.सं.२०७९ फागुन २१ आइतवार

1K 

shares

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आज प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीमा विश्वासको मत लिने तयारी गरेका छन् ।

आज दिउँसो १ बजे बोलाईएको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका हुन् ।

गत २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएको ३० दिनमा प्रदेश सभाको बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

फागुन १२ गते नेपाली कांग्रेस, माओवादी केन्द्रसहित ८ दलको नयाँ सत्ता समिकरण बनेपनि नेकपा माओवादी केन्द्र सुदूरपश्चिमले शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्टले शाहलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिएका छन् ।

त्यसैगरी प्रदेश सभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत नदिने बताएको छ ।

सो पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले पनि आफ्ना मुद्दाहरुमा लिखित सहमति नभएसम्म शाहलाई विश्वासको मत नदिने पार्टीको पुरानै अडान दोहोर्याएकी छन् ।

हाल सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नाागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकिकृत समाजवादी पार्टीका ४ र एक स्वतन्त्र सांसद गरी ४० जना सांसद रहेका छन् ।

यसअघि तत्कालीन सात दलीय गठबन्धनबाट पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका राजेन्द्र रावलले विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका थिए । उनी पदमुक्त भएसँगै प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट शाह मुख्यमन्त्री बनेका हुन् ।

 

 

वि.सं.२०७९ फागुन २१ आइतवार ०८:०६ मा प्रकाशित

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...