Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

टाटा मोटर्सद्वारा ‘द इलेक्ट्रिफाइङ एक्सचेञ्ज’ क्याम्प सञ्चालन



काठमाडौं । टाटा मोटर्सले आफ्ना देशभरका शोरुमहरुमा ‘द इलेक्ट्रिफाइङ एक्सचेञ्ज’ क्याम्प सञ्चालन गरेको छ । २६ फागुनदेखि शुरु भएको यो क्याम्प २८ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा यो क्याम्प सञ्चालन भइरहेको हो ।

एक्सचेञ्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा र इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपूर्जा पनि पाइने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको माग बढ्दो क्रममा रहेको र यही मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीहरुसँग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभीसँग साट्न सकिने छ र त्यसका साथै विभिन्न अफरहरु पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम