back
CTIZAN AD

टाटा मोटर्सद्वारा ‘द इलेक्ट्रिफाइङ एक्सचेञ्ज’ क्याम्प सञ्चालन

वि.सं.२०७९ फागुन २९ सोमवार

633 

shares

काठमाडौं । टाटा मोटर्सले आफ्ना देशभरका शोरुमहरुमा ‘द इलेक्ट्रिफाइङ एक्सचेञ्ज’ क्याम्प सञ्चालन गरेको छ । २६ फागुनदेखि शुरु भएको यो क्याम्प २८ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा यो क्याम्प सञ्चालन भइरहेको हो ।

एक्सचेञ्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा र इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपूर्जा पनि पाइने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको माग बढ्दो क्रममा रहेको र यही मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीहरुसँग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभीसँग साट्न सकिने छ र त्यसका साथै विभिन्न अफरहरु पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

वि.सं.२०७९ फागुन २९ सोमवार ०८:३८ मा प्रकाशित

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...