back
CTIZAN AD

मकै र गहुँ खेती छाडेर कफी खेतीमा लागे यहाँका किसान

वि.सं.२०७९ फागुन ३० मंगलवार

1.1K 

shares

अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरू २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन् ।

कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताइन् । मकैखेती र गँहुखेती गर्ने बारीमा अहिले खसर्काका महिलाले बारीभरी कफी लगाएको स्थानीय दुर्पता न्यौपानेले बताइन् । अरु खेतीमा भन्दा कफीबाट मनग्य आम्दानी लिन सकिने भएपछि कफी खेतीमा लागेको उनको भनाइ छ ।

शीतगङ्गा–३ ठाडाका मित्रलाल बेल्वासेले दुई सय रोपनीमा १० हजारभन्दा बढी कफीका बिरुवा लगाउनु भएको छ । भारतमा रोजगारी गर्दै आएका उनी गाउँ फर्किएर ठाडा र जुकेनामा जग्गा किनर कफी खेतीमा लागेका हुन् । अब थप पाँच हजार कफीका बिरुवा लगाउने उनको योजना छ ।

अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात हँुदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रामनाथ पाण्डेले बताउनुभयो । आठ सय मिटरदेखि एक हजार ६०० मिटर सम्मको उचाइमा उत्पादन भएको कफी स्वादिलो मानिन्छ । “यहाँको कफीको विदेशमा माग बढेको छ”, पाण्डेले भने ।

अर्गानिक कफी उत्पादन गर्ने किसानलाई लक्षित गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ५० प्रतिशत र ८५ प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई बिरुवा अनुदान, नर्सरी व्यवस्थापन, सिँचाइ टङ्कीलगाय कार्य तथा प्राविधिकरूपमा परियोजनाले सहयोग गर्दै आएको छ ।

वि.सं.२०७९ फागुन ३० मंगलवार ०७:५३ मा प्रकाशित

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...