back
CTIZAN AD

मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीबाट दुईसय दश जनाको मृत्यु

वि.सं.२०७९ चैत १ बुधवार

948 

shares

ब्लान्टायर (मलावी) । दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने छिमेकी मोजाम्बिकमा २४ जना घाइते भएका छन् । चक्रवातबाट जोगिएकाहरू प्रभावित क्षेत्रमा आफ्ना प्रियजनको खोजीमा लागेका छन् । मोजाम्बिकमा २२ हजारभन्दा बढी विस्थातिप भएका रेडियो मोजाम्बिकले जनाएको छ ।

मालवीको प्राकृति संशाधन तथा जलवायु परिवर्तन मन्त्रालयले चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी दिएको छ । बाढीपहिरोको जोखिम बढेको जनाउँदै उक्त मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ । आज साँझदेखि अवस्था सामान्य हुने अपेक्षा उक्त मन्त्रालयले गरेको छ ।

आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । मङ्गलबार अपराह्नसम्म यहाँमात्र एक सय ५८ जनाको मृत्यु भइसकेको अधिकारीहरूले बताएका छन् । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । देशभर करिब ६० हजार प्रभावित भएका छन्भने १९ हजारभन्दा बढी विस्थापित भएका छन् । विस्थापित भएकाहरूले गिर्जाघर र विद्यालयमा आश्रय लिएका छन् । प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारका प्रभावित भएका छन् । (रासस\सिन्ह्वा)

 

वि.सं.२०७९ चैत १ बुधवार १६:५५ मा प्रकाशित

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...