काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत देशभरका ३५ क्याम्पसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी)ले निर्विरोध नेतृत्व पाउन सफल भएको छ ।
जसमा सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्लामा सन्तोष आचार्य, स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिममा किरण विश्वकर्मा, सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिममा वीरभान भण्डारी, सितल क्याम्पस चौरजहारी, रुकुम पश्चिममा निराजन केसी, चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु मा मनसुर कार्की, बनगाड क्याम्पस, सल्यानमा अजय बिष्ट, फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यानमा वरुण न्यौपाने, लिकु संयुक्त क्याम्पस, डोल्पामा रनचन्द्र शाही, जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोटमा जागेश्वर थापा, गुराँस बहुमुखी क्याम्पस, बर्दियामा सन्जोग श्रेष्ठ चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मीमा प्रभा पौडेल, मरिण बहुमुखी क्याम्पस, सिन्धुलीमा विज्ञान दोर्जे बल, सुनकोसी क्याम्पस, सिन्धुलीमा विनिता न्यौपाने, शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुलीमा गोविन्द पहाडी गोरखा क्याम्पस, गोरखामा विष्णु पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी कंकलिङ क्याम्पस, सिन्धुपाल्चोकमा लक्ष्मण घिसिङ, चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा अमृत श्रेष्ठ, नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङमा सीता तिमल्सिना, पालुङ बहुमुखी क्याम्पसमा पुष्कल श्रेष्ठ, रवि क्याम्पस,पाचथरमा चन्द्रहाङ लावती, सहयोग बहुमुखी क्याम्पस –काठमाडौंमा प्रदिप श्रेष्ठ, जनकल्याण बहुमुखी क्याम्पस सल्यानमा एकराज ओली, पद्मोदय क्याम्पस दाङमा विष्णु गोराथोकी, झिमरुक बहुमुखी क्याम्पस प्युठानमा नरेश पुनमगर, सिस्ने शिक्षा क्याम्प रुकुम (पूर्व) जयमान बुढा मगर र गुल्मीको जनज्योति बहुमुखी क्याम्पसमा जीवन पौडेल निर्विरोध भएका छन् ।
त्यस्तै सोलुखुम्बु विपि कोईराला संस्कृत क्याम्पसमा मोहन बस्नेत, नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पसमा सिर्जना न्यौपाने, भाषा क्याम्पस धनकुटामा सरोज थापा, बौद्ध (बहुमुखी)क्याम्पस काठमाडौंमा जीवन तिरुवा, मार्क ईन्टरनेशनल क्याम्पस दाङ्मा समिरजंग मल्ल, सिम्रुतु क्याम्पस रुकुम निर्मला बुढाथोकी, दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पसमा गोकुले–नवीन बिष्ट र गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर दाङ नयमेसन चौधरी चयन भएका छन् ।
स्ववियु निर्वाचन चैत ५ गते हुँदै छ । आइतबार अपरान्ह साँझ पाँच बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको कार्यतालिका तोकिएको थियो ।
वि.सं.२०७९ चैत ३ शुक्रवार १४:५५ मा प्रकाशित






























